Article

अव जनबिद्रोह जनताको बाध्यता हो ।

सोनु कुमार सुनार

   नेपाली राजनिती को बर्तमान र·मञ्चमा अचम्म को दृष्य देखिइरहेको छ । नेपाली जनताले चाहेको नयाँ सँबिधान र अधिकार सहितको शान्ती माथि अहिले चौतर्फी षडयन्त्र भइरहेको छ । नेपाली राजनितीक पार्टिहरु मा एउटा धार जो भारतिय बिस्तारबादको नेपाली दलाल हो ,जो नेपाली जनताको साम्राज्यबाद बिरोधी ,बिस्ताबाद बिरोधी जनसँबिधान को बिरोधी हो ,जसले नेपाली सामन्त बाद अन्त्य गर्न चाँहदैन  ,त्यस्तो प्रबृति बोकेको नेपाली सामन्तबादी राजनितीक पार्टि अहिले नेपालमा २०४७सालकै सामन्तबादी सँबिधान लाइ पुनस्थापना गर्ने पक्षमा छ । त्यस्तै नेपाली जनताको मुक्तिको लागी नेपालमा सामन्तबादको बिरुद्धमा १० बर्षे महान जनबिद्रोह लडेर आएको जनताको बास्तबिक पार्टि ,जसले नेपालमा सामन्तबाद उन्मुलन गर्न चाहन्छ ,ने

पाली जनताको वास्तविक अधिकार को निम्ति लडेको छ । जसले नेपालमा जनताको सबैखाले अधिकार को ग्यारेण्टी हुने नियम कानुन बनाउन चाहन्छ ।त्यो राजनितीक पार्टि अहिले नेपाली जनतालाइ स्विकार्य हुने जनसँबिधान को पक्षमा छ । अहिले नेपालमा जनबिरोधी सँबिधान को पक्षमा नेपालका जनबिराधी एमाले काँग्रेस हरु लागीरहेका छन ,त्यसमा मधेशी मुलका पनि केही जनआन्दोलन बिरोधी हरुले काँध थापेका छन ।त्यस्तै जनताको वास्तविक पार्टि ए ने क पा माओबादी र केही अरु पार्टि मा रहेका  जनबादी शक्ति हरु जनसंबिधान को पक्षमा वकालत गरिरहेका छन । दुइधार बिचका नेपाली राजनितीक पार्टिहरु बिच अहिले भिषण वैचारिक लडाइ चलिरहेको छ । यदि नेपालमा जनबिरोधी ,भ्रष्टाचारी,चोर ,पासपोर्ट बेचुवा ,हत्यारा ,भुमाफिया हरुको बिरुद्धमा सँबिधान बन्यो भने यिनीहरुको काल आयो भनेर जाने हुन्छ ,यस्ता प्रकृति का मानिसहरु नेपाली जनबिरोधी राजनितीक पार्टिहरुमा छन । आफ्नो काल कसैले पनि चाहँदैन ,उनिहरु आफु हरु लाइ अनुकुल हुने जनअधिकार को नाममा छारो हाल्दै सामन्तबादी संबिधान बनाउन चाहन्छन ,नेपाली जनताको आस्थाको केन्द्रबिन्दु ए  ने क पा माओबादी यस्तो सँबिधान प्राण गएपनि बनाउन दिने पक्षमा छैन । त्यही कारण अहिले नेपालमा भिषण राजनितीक बैचारिक लडाइ चलिरहेको छ । यही कारणले गर्दा तोकीएकै समयमा सँबिधान बन्न सकेन र अहिले पनि सँबिधान बन्ने हो या होइन कुनै अत्तो पत्तो छैन । एकिकृत नेकपा माओबादी भित्र को झगडा लाइ देखेर नेपालका सामन्तबादी राजनितीक पार्टिहरु हर्षित भएका थिए ,उनिहरु माओबादी पार्टि फुटेर टुक्राटुक्रा भइ शक्ति विहीन भएको देख्न चाहन्थे ,तर जसरी सँस्थापन पक्षले गरेका गल्ती हरु लाइ सच्चाउँदै नेपाली जनताको जनसँबिधान निर्माण को आफुलाइ तयार ग¥यो त्यसलगत्तै माओबादी पार्टिका नेताहरु वीच फेरी एकता भयो ,त्यसबाट आत्तिएर नेपालका एमाले काँग्रेस लगाएतका सामन्तबादी जनविरोधी राजनितीक पार्टिहरुलाइ समेटेर माओबादी बिरुद्ध १६ राजनितीक दलको मोर्चाबन्दी भयो ।उनीहरु माओबादी पनि आफुहरु जस्तै संसदबादमा चुर्लुम्म डुवेको ,सामन्तबादी बनेको ,टुक्रा टुक्रा परेको देख्न चाहन्छन ।तर नेपाली जनताको आस्थाको केन्द्रविन्दुको रुपमा रहेको माओबादी पार्टि कुनैपनि हालतमा पतन हुन सक्दैन किनकी नेपालका करिव करिव सबै जनताको साथ अहिले माओबादी लाइ छ ।माओबादी का अध्यक्ष प्रचण्ड नेपाली राजनितीको फिल्डमा केही समय निकै भन्दा निकै लचिलो रुपमा प्रस्तुत भए ,नेपाली काँग्रेस र एमाले ले जे भन्यो त्यही गर्न तयार भए ,उनिहरुले प्रचण्डलाइ हतियार बुझाउन भने उनले त्यो पनि गरे ,सेनालाइ बिघटन गर्न भने प्रचण्डले त्यो काम पनि गरे ,जनयुद्धकालमा माओबादी द्धारा कव्जा गरिएका सामन्तबादी हरुको जग्गा फिर्ताको माग गरे त्यो पनि प्रचण्डले सहजै गरिदिए ,माओबादी अध्यक्षको यतिका लचिलो पनाका कारणले


बदमासी र पश्चाताप

सोनु कुमार सुनार
  हरियालाल गाँउको पुँजीवाल मानिस थियो गाँउमा सबैभन्दा उसको सम्पति बढि थियो उसका दुइवटा छोरा हरु गलेन्द्र र खलेन्द्र थिए । उसले आÇनो छोरा हरुलाइ कुनै पनि प्रकारको अभावको महशुस हुन दिएको थिएन । उनिहरु पनि बाबु को प्रशस्त सम्पतिमा रमाइ रमाइ बसीरहेका थिए । घरमा आमा बुवाको मायाले गर्दा यि दुइ केटाहरु ले अरुहरु लाइ मान्छेसरह ब्यवहार हरु गर्दै गए । उनिहरु गाँउका कमजोर बालबालिका हरु कुट्ने गर्थे ,गाँउको साहु को छारा ले कुटेको भनेपछि कोहीपनि चुँ गरेर वोल्न सक्दैन थिए । गाँउमा गलेन्द्र र खलेन्द्रले अनैतिक गतिबिधी गर्दै गए ,उनिहरु ले कहिले गोठमा को भैँसी को खुसी थिए । हरीयालाल पटकपटक भन्ने गर्थे ‘हा‘हा‘छोरा कस्को हरियालालको जे गर्छन ठिक गर्छन हेरुँ हरियालालका लड्का हरु लाइ कसले छुन हिम्मत राख्दो रहेछ ’ । एकदिन हरियालाल विहानविहान दाह्री मिलाएर बडो फुर्तिलो मोडमा चिया खाइरहेको थियो , छेँउमा रेडियो  पनि दुबै छोरा हरु हस्याङ–फस्याङ गर्दै आइपुगे उनिहरुको हालत देखेर हरियालालको सातो पुत्लो सवै उड्यो । उसको हातको चियाको गिलाँस पनि भूइमा खस्यो । आज गलेन्द्र र खलेन्द्र दुइभाइ नै मजासँग कुटाइ खाएर आएजस्तो देखिन्थे ,टिसर्ट र कमीज हरु च्यातिएका थिए , मुखमा रगत लागेको थियो । अनुहार पनि निकै मलिन थियो ,हत्तपत्त उसले सोधिहाल्यो ए ¤बावुहो तिमीहरुको के हालत हँ के भयो किन यस्तो हालतमा ? केटाहरु केही पनि बोलेनन । हरियालाल पटकटक सोधिरहेको थियो बाबु हो तिमीहरुलाइ के भयो किन नबोलेको हँ? हरियालाल सोधिरहेको थियो केटाहरु पनि चुपचाप लागेर बसीरहेका थिए । यत्तिकैमा गाँउको एक हुल हरियालालको घरतिर आँउदै थिए । हरियालाल एकदम चकित प¥यो । गाँउले हरु ले हत्यारा मुर्दाबाद भन्दै आँउदै थिए । उनिहरु हरियालालको घर आइसकेपछि बल्ल थाहा भयो ।सानी गाँउको बिर्खे को छोरा लाइ गलेन्द्र र खलेन्द्र ले कुटेर मारेछन । यो खबर सुन्ने बित्तिकै हरियालाल आज साँच्चै आÇना छोराहरु ले गल्ती गरेको महसुस भयो । छोराहरु ले गरेको गल्तीको हरेक कुरालाइ उसले स्यावासी दिने गथ्र्याै । गाँउलेहरु कराउँदा कराउँदै हरियालाल को जिउमाथि नै जाइलाग्लान जस्तो गरे ,त्यसो गरिरँहदा उसले थर्काएर आज कोही गाँउले पनि थर्किदैन थे किनकी आज गाँउलेहरुको एकता थियो ,गाँउलेहरु आज रिसको चरम ठाँउमा पुगेका थिए । हरियालाल ले भन्यो “दाजुभाइ दिदीबहिनी हरु मेरा छोरा हरु ले नगर्न हुने काम गरेको प्रति म लज्जीत छु ,तपाइहरु यसरी आक्रोशमा आउनु भन्दा यसलाइ कानुनको हातमा छाड्दिउँ ।कानुनी बाटो बाटनै जानुपर्छ ”उसले यति भनिसकेपछि गाँउलेहरु चुपलागेर घर घर गए । केही दिनपछि त्यो केश अदालतमा पुग्यो , अदालतमा सबै गाँउलेहरु हाँजीर भए ,हरियालाल र उसको दुइछोरा पनि साथमा उनिहरु पनि जेलमा गएका थिए । गाँउलेहरु चरम आक्रोषमा थिए ,हरियालाल गाँउको धनी मानिस उसले न्यायधिश किनेको रहेछ ,अदालत ले बिर्खे को छोरा आफै कान्लाबाट खसेर म¥यो भन्नेमा आफुको तर्क पेश ग¥यो । उसले भन्दै थियो “गलेन्द्र र खलेन्द्र घर आँउदा कुटिएर पिटिएर घाँइते भएर आएको अवस्था छ ,जँहासम्म दुइजनालाइ एकजनाले कसरी कुट्न सक्छ ? यसमानेमा म के भन्न चाहन्छु भने बिर्खमानको छोरा ले ढुङ्गा प्रहार गरीसके पछि उ एक्कासी अत्तालिएर कान्लाबाट खसेको हो र तल ढुङ्गामा परेपछि उसको तत्काल मृत्यु भयो ।उसको प्रतिबादी को केही सिप लागेन र अन्तत फैसला हरियालालको पक्षमा भयो । कानुनले गरेको यति दमन बाट गाँउले हरु दुखी हुँदै अदालत बाट घर फर्के । गलेन्द्र र खलेन्द्र अहीले जवान केटाहरु हुन अदालतको फैसला पछि फेरी उनीहरुको अत्याचार गाँउमा सुरु भयो उनिहरु पहिले त कुटपिटको अपराध मात्र गर्थे तर यसपालि उनिहरुको अपराधमा एउटा थपिएको छ त्यो हो बलात्कार ‘ एकदिन दिनको एक बजेतिर खानीखोलाबाट दुइभाइ गाँउतिर निस्कदै थिए ,खानीखोलामा सबै गाँउलेहरु घाँसदाउराको लागी जाने गर्छन । आज पनि गाँउले हरु घासदाउरा काटेर घर फर्किसकेका थिए । आज घाँस काटेर घर जान चमेली लाइ अलि ढिला भएको थियो । चमेली ११ बजेमात्रै बनमा आएकाले ढिला भइराखेको थियो । चमेली घाँस काटिसकेर भारी बाँधेर घर जाने तयारीमा थिइ । गलेन्द्र ले भन्यो ए दाइ हेर त त्यो चमेली वा क्या च्वाँक ,दाइले पनि भन्यो ओहो कति च्वाँक केटी । हेर केटा आज  चाख्न पाइएला जस्तो छ । उनिहरु त्यतैतिर गए । चमेली उनिहरु लाइ देखेर झस्की र लजाएको जस्तो गरी ,गलेन्द्र ले एक्कासी चमेली को गालामा हात लगायो वा क्या च्वाँक यार तिमी ,चमेली लाजले रातोपीरो भइ उसले आफुलाइ त्यहाँदेखी टाढा जान प्रयास गरी तर गलेन्द्र उत्तेजित भइसकेको थियो त्यसैले उसले चमेलीलाइ च्याप्पै समात्यो , चमेली चिच्याउन खोजी तर उसले हात ले मुख थुनिदियो । उसले भाइलाइ रुमाल माग्यो र चमेली को मुखमा छोपी दियो अव चमेली चिच्याउन सक्ने थिइन । उसले कपडाहरु सबे फाली दियो । भर्खर १३ बर्ष पुगकी बालीका चमेलीमा यौन परिपक्वता पनि आएको थिएन । उसले निर्मम तरिकाले चमेली लाइ बलात्कार ग¥यो ,उसले सकेपछि उसको भाइलाइ पालो दियो । खलेन्द्र ले बलात्कार गर्दा चमेली बेहोस भइसकेकी थिइ । दुबै भाइ ले बलात्कार गरीसकेपछि बेहोस अवस्थामा रहेकी चमेली  लाइ उनिहरु ले खानी खोलामा फाली दिए र उनिहरु घर फर्के । चमेली घर नआएको ले चमेलीको घर परिवार अत्तालिएका थिए । उनिहरुको अनुमान थियो पक्कै हरियालालका छोराहरु ले करणी गरेर मारेर फालिदिए ,बास्तविकता पनि त्यही थियो ।अदालतको हार बाट गाँउलेहरु अव हरियालाल सँग निहु नखोज्ने निर्णयमा पुगेका थिए । गाँउलेहरुको साथ नपाएपछि चमेली को परिवार पनि हरियालाल का छोराहरुले गरेका अपराधको प्रतिबाद गर्न सक्ने हालतमा थिएन । यो घटना त्यस्तै सेलाएर गयो ,खोलामा फालिएकाले चमेलीको सव पनि भेटिएन । यो घटना ले गाउलेहरुमा त्रासको भावना सिर्जना भएको थियो । गलेन्द्र र खलेन्द्र ले गाँउमा यस्ता प्रकारका थुप्रै अपराधहरुको सिर्जना गरिहेको थिए । गाँउमा उनिहरुले गर्ने यस्ता अपराध हरु ले चरम सिमा ना३न थालेपछि गाँउलेहरु यस्तै सहेर बस्ने हालतमा रहेनन । गाँउलहरु एक्कासी बिद्रोहमा उत्रिए , त्यत्रो गाँउ नै उत्रिँदा जावो हििरयालालको चार जना परिवारको के लाग्थ्यो र तर उसँग पुलीस भनिने भरौटे पिचास थिए ।गाउलेहरु सामन्ती हरियालाल र बलात्कारी खलेन्द्र र गलेन्द्र लाइ सफाया गर्ने योजनामा पुगे । गाँउमा युद्धको सुरुवात भएपछि हरियालालका पुलीसहरु ले गाउँलेहरुमा दमन तिब्र पारे । अन्तत गाँउलेहरु युद्धको जितमा पुगे , प्रहरी हरु पनि कति मरे गलेन्द्र र हरियालाल अनि केही पुलीसहरुको गाँउलेको कुटाइमा मृत्यु भयो ।खलेन्द्र र केही पुलीसहरु बाँचे । अर्काे दिन गाममा मानवअधिकार बादीहरु को एक टोली आयो र उनिहरुले गाउको घटनाको बिवरण हरु लिएर गए । हरियालालको चाकडी गरेको र पदिय मर्यादा को उल्लंघन गरेको भन्दै गाँउमा बाँचेका पुलीसहरु लाइ निलम्बन गरियो र खलेन्द्र लाइ आजीवन कारावास को निर्णय सुनाइयो । ‘‘‘ जेल अँध्यारो छ ,फोहोर छ , उहीनेर जुठो भाँडा छ एउटा कुनामा अपराधी खलेन्द्र बसेको छ । गाँउमा उसले अपराध गर्दाको यही घटना सम्झेर उ जेलको कुनामा बसीरहेको छ । प्रहरी ले खाना ल्याइदिए पछि उ ब्युँझिएझै भयो । आज उ जेलमा आएको ४३ बर्ष भयो ,बाहीरको सँसार कस्तो छ उसले राम्रो सँग देख्न पाएको छैन । यतिका बर्ष सम्म कपडा फेरेको छैन ,उसको आङ्मा कति हो कति मयल परेको छ , जुम्रा परेको छ , कपाल पनि आइमाइको जस्तो लामो छ ,यस्तै छ उसको जिवन । उसले आज गम्भीर पश्चाताप गर्दै छ । आफु हरियालाल साहुको छोरो भएको र गाँउमा आफुहरुले गरेको गल्ती आज उसले एक एक गरी सम्झीरहेको छ । उसले कसम त खाएको छ अव यस्तो प्रकारको गल्ती नगर्ने तर के गर्ने उ बाँच्दाबेर जेलमै बस्नु पर्छ । उसले गाँउलेहरु कँहा गएर उनिहरुको खुट्टा चाटेर माफी माग्ने अवसर पनि पाएको छैन । उसले एकदिन एउटा पत्र गाँउलाइ पठायो ,उसले पत्रमा लेखेको थियो ,“सबै गाँउ बासी हरु मेरो नाम सुन्ने बित्तिकै तपाइहरु लाइ रिस उठेर आउँछ होला , म के उहि तपाइहरुको राक्षस खलेन्द्र क्या,मैले र मेरो परिवारले गरेको अपराधको कारणले म आज यो कालो कोठामा जनावरिय जिवन बिताइरहको छु ,माफी को कुरा गर्ने हो भनेत तपाइहरु ले दिने कुरै भएन । तैपनि म तपाइ कँहा माफी माग्न चाहन्छु । आज मलाइ लागीरहेको छ यदि म जेलबाहीर हुन्थेँ त मपनि यस्ता अमानविय क्रियाकलापको बिरुद्धमा एउटा अभियान चलाएर जान्थेँ होला । तैपनि तपाइहरु यस्ता अत्याचार र सामन्ती सँस्कार को बिरुद्धमा सँघर्ष गर्दै जानुहोला ‘धन्यबाद”उसको चिठी पढेर गाउलेहरु आज भावुक भए , उनिहरु ले खलेन्द्रलाइ जेलबाट निकाल्नको पहल गर्ने निर्णय गरे ,गाउको एकहुल अदालतमा पुग्यो र उसलाइ जेलबाट बाहीर निकाल्नको लागी माग गरे केस फिर्ता भएपछि उ बाहीर निस्कीयो । बाहीर निस्कँदा कसैले पनि उसलाइ चिनेनन उसको अनुहार भरी मयल थियो कपडा पनि मयल ले ढाकिएको थियो । उ चिच्याएर रोयो र गाँउलेहरुका अगाडी हात जोड्यौ । उसको दयनिय अवस्था देखेर सवै गाँउले हरुको आँखा रसायो । उसलाइ गाउँलेहरु ले लिएर गए । गाँउमा उसले मानवअधिकार सँगठन निर्माण गरेको छ आज उ गाँउमा शान्ती र शुसाशन कायम गर्नको लागी प्रयत्न शिल छ । आज उसलाइ अपराधी खलेन्द्र होइन मानवअधिकार बादी खलेन्द्र प्रसाद शर्मा भने चिन्ने गर्छन । अपराधी बाट उ आज मानवअधिकार बादी र समाजसेवी ब्यक्तिमा रुपान्तरण भएको छ । उसको जीन्दगीमा यस्तो भो बदमासी र पश्चाताप को परिणाम‘‘‘‘‘  

  तामाखानी अवलोकन मा जाडागाँउका युवा हरु को प्रयास
सोनु कुमार सुनार
बर्तमान समयमा युवाहरुलाइ त्यति सकारात्मक तरिकाले हेरिदैन । यसको कारण हो युवाहरुको समाजमा गैरजिम्मेवारी र लापरबाही । धेरै जसो युवा हरु मदिरा सेवन गर्ने ,नकारात्मक काम हरु को पछाडी लाग्ने मानविय सभ्यता लाइ ख्याल नगर्ने ,सेवाभाव बिर्सने अनि मै राम्रो, मै ठुलो,अरु सबै किरामकौडा ,मै खाउँ मै लाँउ मेरो जस्तो बँैस कसैको पनि छैन ।अरुको कुरा पनि नखाने सुन्दा पनि नसुन्ने अनि आफ्नै तालले अराजक र भड्किलो हुँदे हिँडने यस्तै हुने गर्छन किशोर अवस्था का युवाहरु ।यस्तै रिस उठ्दो बानिबेहोरा र चरित्रका कारण घर परिवार र समाजमा ठिटाठिटी हरुको मुल्य अति कमजोर अबस्थामा छ । तर यो कुरा गरिरहँदा तपाइलाइ लाग्न सक्छ सबै युवाहरु झुत्रेझामे र मुन्द्रे जगल्टे हरु हुन । यसो सोच्यौँ भने हामी गलत हुन्छौँ । माथि जसरी युवाको नराम्रो को बारेमा बिश्लेषण गरियो ।एकाध युवाहरु आफ्नो लाइन बिराएपनि यो देश ,समाज परिबर्तन गर्न र बिकास गर्न को लागी पनि सबैभन्दा महत्वपुर्ण भुमिका पनि युवाहरुको नै हुने गर्दछ । युवाहरुको जुत बाट अकल्पनिय र जोखिम वाला काम हरु पनि संभव हुने गर्दछ ।एउटा त्यस्तै उदाहरणिय काममा जुटेका छन पुजा २ जाडागाँउका युवाहरु ।प्युठान को दुर्गम गाबिसको जाडागाँउमा तामाखानी भएको अनुमान गरिएको छ ।त्यो खानी को अन्वेषण र उत्खनन गर्न सक्नेहो भने खनिजको राम्रो संभावना छ उक्त गाँउमा ।यो कुरा त्यहाँ का जनताहरुलाइ थाहा धेरै पहिले देखि थाहा भएपनि कसैलाइ त्यसको स्वादै भएन ।तर जाडागाँउका युवाहरु ले भर्खरै उक्त तामाखानी  लाइ प्रचारप्रसार र संरक्षण का लागी एउटा समिती बनाएर अन्र्तक्रिया थालेको मिडिया मा सुन्दा मलाइ खुसी लाग्यो । हाम्रो गाँउठाँउमा थुप्रै महत्वपुर्ण सम्पदा छन तर तिहरुको पहिचान र संरक्षण गर्न हार्मी ेतत्पर हुनेहो भने हाम्र्रै ठाउँहरुमा बिभिन्न संभावना छन । आजकाल राजनितीक पार्टिहररु सवै सहरीकरण भएकाछन ,उनिहरु गाँउ हरु,दुर्गमहरु छोडेर बिभीन्न होटेल हरुमा बैठक बस्ने थोत्रा योजना हरु बनाउने र त्यसलाइ कार्यान्वयन नगर्ने गर्दछन। पहिला पहिला गाँउघर मा धाइरहने एनजिओ आइएनजिओ हरु पनि आजकाल रेष्टुराँमा सेमिनार हरु गर्ने गर्दछन तर त्यसको पनि खासै अर्थ रहँदैन । सरकारको कुरा गर्ने हो दुर्गम ठाँउको बिकास मा पुरै गैरजिम्मेवार र निरिह भएको छ । बिकासका बढि भन्दा बढि भन्दा गुणगान गाउने ।सरकार ,राजनितिक दल हरु र गैरसरकारी संघसस्थाहरुलाइ फेरी गाँउ बिकासका लागी लाग्न सजग गराएका छन पुजा २जाडागाँउका युवाहरुले ।२०६८मंसिर २६ गते सरोकारवाला हरु को भेला डाकेर युवाहरुले १९ सदस्य रहेको खानी संरक्षण समिती गठन गरेका छन ।पुजा २ जाडागाँउमा रहेको तामाखानँीलाइ राष्टिय रुपमा पहिचान गराउने तथा त्यस क्षेत्र लाइ पर्यटकिय रुपमा बिकास गर्नको लागी उनिहरु ले प्रयास थालेका छन । हाम्रो समाजमा कसैले राम्रो काम गर्न खोज्छ भने कि वास्ता नै नगर्ने वास्ता गरे पनी उनीहरु लाइ लडाइदिने भन्ने खुट्टा तान्ने प्रबृति जारी छ । पुजा का युवाहरु ले सुरु गरेको उक्त प्रयासलाइ साकार पार्न को लागी पुजा का राजनितीक पार्टि ,पुजा गाबिस ,गाबिसस्तरिय सँघसँस्थाहरु ले चासो दिनु जरुरी देखिन्छ । त्यतिमात्र जभएर जिल्ला तहबाट पनि सहयोगको आबस्यकता छ । अहिले सम्म युवाहरु लाइ परिचालन पनि राम्रो सँग गर्न सकिराखेको छैन राज्यले तर अब परिचालन तहमा मात्र होइन निती निर्माण तथा नेतृत्व तहमा पनि युवाहरु लाइ समावेश गरिनु पर्दछ ।समाजमा केहि गर्न खोज्ने युवाहरु लाइ अन्तत प्रोत्साहन गर्नु आवस्यक देखिन्छ । त्यसैले अधुरो हुन नदिँउ पुजाका युवाहरुको प्रयास।




0 comments: