पश्चाताप

पश्चाताप

-सोनु कुमार सुनार
हरियालाल गाउंको पुंजीवाल मानिस थियो गाउंमा सबैभन्दा उसको सम्पति बढि थियो उसका दुइवटा छोराहरु गलेन्द्र र खलेन्द्र थिए । उसले आफ्नो छोराहरुलाइ कुनै पनि प्रकारको अभावको महशुस हुन दिएको थिएन । उनिहरु पनि बाबुको प्रशस्त सम्पतिमा रमाइ रमाइ बसीरहेका थिए । घरमा आमा बुवाको मायाले गर्दा यि दुइले अरुहरुलाइ मान्छेसरह ब्यवहार गर्दैनथे । उनिहरु गाउंका कमजोर बालबालिकाहरु कुट्ने गर्थे ,गाउको साहुको छारा ले कुटेको भनेपछि कोहीपनि चु गरेर वोल्न सक्दैन थिए । गाउंमा गलेन्द्र र खलेन्द्रले अनैतिक गतिबिधी गर्दै गए । हरीयालाल पटकपटक भन्ने गर्थे ँहा हा छोरा कस्को हरियालालको जे गर्छन ठिक गर्छन । हरियालालका छोराहरुलाई कसले छुन हिम्मत राख्दो रहेछ ।
एकदिन हरियालाल विहान विहान दाह्री मिलाएर बडो फर्ुर्तिलो मोडमा चिया खाइरहेको थियो, छेउमा रेडियो पनि थियो । दुबै छोराहरु हस्याङ-फस्याङ गर्दै आइपुगे । उनिहरुको हालत देखेर हरियालालको सातो पुत्लो सवै उड्यो । उसको हातको चियाको गिलास पनि भूइमा खस्यो । आज गलेन्द्र र खलेन्द्र दुइभाइ नै मजासग कुटाइ खाएर आएजस्तो देखिन्थे ,टिर्सट र कमीजहरु च्यातिएका थिए, मुखमा रगत लागेको थियो । अनुहार पनि निकै मलिन थियो ,हत्तपत्त उसले सोधिहाल्यो ए बावु हो तिमीहरुको के हालत किन यस्तो के भयो किन यस्तो हालतमा – केटाहरु केही पनि बोलेनन । हरियालाल पटकटक सोधिरहेको थियो बाबु हो तिमीहरुलाइ के भयो किन नबोलेको हँ – हरियालाल सोधिरहेको थियो केटाहरु पनि चुपचाप लागेर बसीरहेका थिए । यत्तिकैमा गाउंको एक हुल हरियालालको घरतिर आउंदै थिए । हरियालाल एकदम चकित पर्‍यो । गाउलेहरुले हत्यारा मर्ुदाबाद भन्दै आउंदै थिए । उनिहरु हरियालालको घर आइसकेपछि बल्ल थाहा भयो । सानी गाउंको बिर्खेको छोरालाइ गलेन्द्र र खलेन्द्र ले कुटेर मारेछन । यो खबर सुन्ने बित्तिकै हरियालाल आज साच्चै आफ्ना छोराहरुले गल्ती गरेको महसुस भयो । छोराहरुले गरेको गल्तीको हरेक कुरालाइ उसले स्यावासी दिने गर्थ्याै । गाउंलेहरु कराउंदा कराउंदै हरियालालको जिउमाथि नै जाइलाग्लान जस्तो गरे ,त्यसो गरिरँहदा उसले थर्काएर आज कोही गाउंले पनि थर्किदैनथे । किनकी आज गाउंलेहरुको एकता थियो ,गाउंलेहरु आज रिसको चरम ठाउंमा पुगेका थिए । हरियालाल ले भन्यो “दाजुभाइ दिदीबहिनीहरु मेरा छोराहरुले नगर्न हुने काम गरेको प्रति म लज्जीत छु । तपाइहरु यसरी आक्रोशमा आउनुभन्दा यसलाइ कानुनको हातमा छाड्दिउ । कानुनी बाटो बाटनै जानर्ुपर्छ उसले यति भनिसकेपछि गाउंलेहरु चुपलागेर घर घर गए । केही दिनपछि त्यो केश अदालतमा पुग्यो, अदालतमा सबै गाउलेहरु हाजीर भए, हरियालाल र उसको दुइछोरा पनि साथमा उनिहरु पनि जेलमा गएका थिए । गाउंलेहरु चरम आक्रोषमा थिए, हरियालाल गाँउको धनी मानिस उसले न्यायाधिश किनेको रहेछ, अदालतले बिर्खेको छोरा आफै कान्लाबाट खसेर मर्‍यो भन्नेमा आफुको तर्क पेश गर्‍यो । उसले भन्दै थियो “गलेन्द्र र खलेन्द्र घर आउंदा कुटिएर पिटिएर घाइते भएर आएको अवस्था छ, जँहासम्म दुइजनालाइ एकजनाले कसरी कुट्न सक्छ – यसमानेमा म के भन्न चाहन्छु भने बिर्खमानको छोराले ढुङ्गा प्रहार गरीसके पछि उ एक्कासी अत्तालिएर कान्लाबाट खसेको हो र तल ढुङ्गामा परेपछि उसको तत्काल मृत्यु भयो । उसको प्रतिबादीको केही सिप लागेन र अन्तत फैसला हरियालालको पक्षमा भयो । कानुनले गरेको यति दमनबाट गाउंलेहरु दुखी हुंदै अदालतबाट घर र्फके ।
गलेन्द्र र खलेन्द्र अहिले जवान केटाहरु हुन अदालतको फैसला पछि फेरी उनीहरुको अत्याचार गाउंमा सुरु भयो उनिहरु पहिले त कुटपिटको अपराध मात्र गर्थे तर यसपालि उनिहरुको अपराधमा एउटा थपिएको छ त्यो हो बलात्कार ‘एकदिन दिनको एक बजेतिर खानीखोलाबाट दुइभाइ गाउतिर निस्कदै थिए, खानीखोलामा सबै गाउंलेहरु घांसदाउराको लागी जाने गर्छन । आज पनि गाउंले हरु घासदाउरा काटेर घर फर्किसकेका थिए । आज घँस काटेर घर जान चमेलीलाइ अलि ढिला भएको थियो । चमेली ११ बजेमात्रै बनमा आएकाले ढिला भइराखेको थियो । चमेली घास काटिसकेर भारी बांधेर घर जाने तयारीमा थिइ । गलेन्द्रले भन्यो ए दाइ हेर त त्यो चमेली वा क्या च्वाँक, दाइले पनि भन्यो ओहो कति च्वाँक केटी । हेर केटा आज चाख्न पाइएला जस्तो छ । उनिहरु त्यतैतिर गए । चमेली उनिहरु लाइ देखेर झस्की र लजाएको जस्तो गरी ,गलेन्द्र ले एक्कासी चमेली को गालामा हात लगायो वा क्या च्वाँक यार तिमी ,चमेली लाजले रातोपीरो भइ उसले आफुलाइ त्यहादेखी टाढा जान प्रयास गरी तर गलेन्द्र उत्तेेजित भइसकेको थियो त्यसैले उसले चमेलीलाइ च्याप्पै समात्यो, चमेली च्ािच्याउन खोजी तर उसले हातले मुख थुनिदियो । उसले भाइलाइ रुमाल माग्यो र चमेली को मुखमा छोपी दियो अव चमेली चिच्याउन सक्ने थिइन । उसले कपडाहरु सबै फाली दियो । भर्खर १३ बर्षपुगकी बालीका चमेलीमा यौन परिपक्वता पनि आएको थिएन । उसले निर्मम तरिकाले चमेलीलाइ बलात्कार गर्‍यो, उसले सकेपछि उसको भाइलाइ पालो दियो । खलेन्द्रले बलात्कार गर्दा चमेली बेहोस भइसकेकी थिइ । दुबै भाइले बलात्कार गरीसकेपछि बेहोस अवस्थामा रहेकी चमेली लाइ उनिहरुले खानी खोलामा फाली दिए र उनिहरु घर र्फके । चमेली घर नआएको ले चमेलीको घर परिवार अत्तालिएका थिए । उनिहरुको अनुमान थियो पक्कै हरियालालका छोराहरुले करणी गरेर मारेर फालिदिए ,बास्तविकता पनि त्यही थियो । अदालतको हारबाट गाउंलेहरु अव हरियालाल संग निहु नखोज्ने निर्ण्र्ााा पुगेका थिए । गाउंलेहरुको साथ नपाएपछि चमेलीको परिवार पनि हरियालाल का छोराहरुले गरेका अपराधको प्रतिबाद गर्न सक्ने हालतमा थिएन । यो घटना त्यस्तै सेलाएर गयो ,खोलामा फालिएकाले चमेलीको सव पनि भेटिएन । यो घटनाले गाउलेहरुमा त्रासको भावना सिर्जना भएको थियो । गलेन्द्र र खलेन्द्र ले गाउंमा यस्ता प्रकारका थुप्रै अपराधहरुको सिर्जना गरिहेको थिए । गाउंमा उनिहरुले गर्ने यस्ता अपराधहरुले चरम सिमा नाघ्न थालेपछि गाउंलेहरु यस्तै सहेर बस्ने हालतमा रहेनन । गाउलेहरु एक्कासी ब्रि्रोहमा उत्रिए , त्यत्रो गाउं नै उत्रिदा जावो हरियालालको चार जना परिवारको के लाग्थ्यो र तर उ संग पुलीस भनिने भरौटे पिचास थिए । गाउलेहरु सामन्ती हरियालाल र बलात्कारी खलेन्द्र र गलेन्द्रलाइ सफाया गर्ने योजनामा पुगे । गाउंमा युद्धको सुरुवात भएपछि हरियालालका पुलीसहरुले गाउंलेहरुमा दमन त्रि्र पारे । अन्तत गाउंलेहरु युद्धको जितमा पुगे, प्रहरीहरु पनि कति मरे गलेन्द्र र हरियालाल अनि केही पुलीसहरुको गाउलेको कुटाइमा मृत्यु भयो । खलेन्द्र र केही पुलीसहरु बांचे । अर्काे दिन गाउमा मानव अधिकारवादीहरुको एक टोली आयो र उनिहरुले गाउंको घटनाको बिवरणहरु लिएर गए । हरियालालको चाकडी गरेको र पदिय मर्यादाको उल्लंघन गरेको भन्दै गाउंमा बाँचेका पुलीसहरुलाइ निलम्बन गरियो र खलेन्द्रलाइ आजीवन कारावास को निर्ण्र्ाासुनाइयो ।
जेल अँध्यारो छ ,फोहोर छ , उहीनेर जुठो भांडा छ एउटा कुनामा अपराधी खलेन्द्र बसेको छ । गाउंमा उसले अपराध गर्दाको यही घटना सम्झेर उ जेलको कुनामा बसीरहेको छ । प्रहरीले खाना ल्याइदिए पछि उ ब्युँझिएझै भयो । आज उ जेलमा आएको ४३ बर्षभयो, बाहिरको संसार कस्तो छ उसले राम्रो संग देख्न पाएको छैन । यतिका बर्षसम्म कपडा फेरेको छैन, उसको आङ्मा कति हो कति मयल परेको छ, जुम्रा परेको छ , कपाल पनि आइमाइको जस्तो लामो छ ,यस्तै छ उसको जिवन । उसले आज गम्भीर पश्चाताप गर्दैछ । आफु हरियालाल साहुको छोरो भएको र गाउंमा आफुहरुले गरेको गल्ती आज उसले एक एक गरी सम्झीरहेको छ । उसले कसम त खाएको छ अव यस्तो प्रकारको गल्ती नगर्ने तर के गर्ने उ बांच्दाबेर जेलमै बस्नु पर्छ । उसले गाउंलेहरु कँहा गएर उनिहरुको खुट्टा चाटेर माफी माग्ने अवसर पनि पाएको छैन ।
उसले एकदिन एउटा पत्र गाउंलेलाइ पठायो, उसले पत्रमा लेखेको थियो, सबै गाउंबासीहरु मेरो नाम सुन्ने बित्तिकै तपाइहरुलाइ रिस उठेर आउंछ होला, म के उहि तपाइहरुको राक्षस खलेन्द्र क्या, मैले र मेरो परिवारले गरेको अपराधको कारणले म आज यो कालो कोठामा जनावरिय जिवन बिताइरहको छु, माफीको कुरा गर्ने हो भनेत तपाइहरुले दिने कुरै भएन । तैपनि म तपाइहरुसंग माफी माग्न चाहन्छु । आज मलाइ लागिरहेको छ यदि म जेलबाहीर हुन्थे त म पनि यस्ता अमानविय क्रियाकलापको बिरुद्धमा एउटा अभियान चलाएर जान्थे होला । तैपनि तपाईहरु यस्ता अत्याचार र सामन्ती शासककोे बिरुद्धमा संर्घष्ा गर्दै जानुहोला धन्यबाद उसको चिठी पढेर गाउलेहरु आज भावुक भए। उनीहरुले खलेन्द्रलाइ जेलबाट निकाल्नको पहल गर्ने निर्ण्र्ाागरे, गाउंको एकहुल अदालतमा पुग्यो र उसलाइ जेलबाट बाहीर निकाल्नको लागी माग गरे केस फिर्ता भएपछि उ बाहीर निस्कीयो । बाहीर निस्कँदा कसैले पनि उसलाइ चिनेनन उसको अनुहार भरी मयल थियो कपडा पनि मयलले ढाकिएको थियो । उ चिच्याएर रोयो र गाउंलेहरुका अगाडी हात जोड्यो। उसको दयनिय अवस्था देखेर सवै गाउंलेहरुको अंँखा रसायो । उसलाइ गाउंलेहरु ले लिएर गए । गाउंमा उसले मानवअधिकार संगठन निर्माण गरेको छ आज उ गाउंमा शान्ती र शुसाशन कायम गर्नको लागी प्रयत्नसिल छ । आज उसलाइ अपराधी खलेन्द्र होइन मानवअधिकार बादी खलेन्द्र प्रसाद शर्मा भनेर चिन्ने गर्छन । अपराधी बाट उ आज मानवअधिकारवादी र समाजसेवी ब्यक्तिमा रुपान्तरण भएको छ ।
 <center><embed src="http://www.clock4blog.eu/clocks/clock-blue.swf" width="200" height="200" wmode="transparent" type="application/x-shockwave-flash"><noembed><a href="http://www.clock4blog.eu">clock for blog</a></noembed><br><a href="http://www.clock4blog.eu">Free clock for your blog</a></center>

0 comments: