डाक्साव देश किन विरामी ?











sonu kumar sunar
नेपाली जनताले करिव ६० बर्ष लडेर आफ्नो अधिकार को ग्यारेण्टी गर्नको लागी संबिधान सभाको निर्वाचन गरी नेपाली नेताहरुलाइ संबिधान बनाउनको व्यवस्थापीका संसदमा पठाए । उनीहरु(सभाषद) लाइ जनताले संबिधान बनाउनको लागी निश्चित समय प्रदान गरेको थियो । नेपाली जनताले नेपाली सामन्तबाद को अन्त्य गरेपश्चात नेपालमा नयाँ शक्ति लाइ जनताको पार्टिको रुपमा विकास गरी ने.क.पा माओबादीलाइ पुर्ण बिश्वासका साथ सवैभन्दा ठुलो राजनितीक पार्टिको रुपमा स्थापीत गरायो । संबिधान  सभाको चुनाव अगाडी नेपाली सामन्तबादको अन्त्य नभइसकेको अवस्थामा नेपालका काँग्रेस,एमाले लगाएतका प्रतिगामी दलहरुले राजतन्त्रकै मलमुत्र खाँदै उसकै चाप्लुसी र चाकडी गरेकै कारण र नेपाली जनता लाइ धोका दिएकै कारणले नेपाली जनताले ने.क.पा माओबादी पार्टिलाइ नेपालकै सवैभन्दा ठुलो राजनितीक पार्टि बनाएको कुरा धु्रवसत्य हो । नेपाली सभाषदहरु मध्य एकजना बुज्रुक नेता बाबुराम भट्टराइलाइ नेपाली जनताले सवैभन्दा बढी भोट प्रदान गरेको थियो । कामरेड प्रचण्डको नेतृत्वमा सरकार बन्दा बाबुराम अर्थमन्त्री भए ।उनी अर्थमन्त्री हुँदा नौलो प्रकारको योजना ल्याउने काम र कार्यान्वयन गर्ने काम गरेर बाबुराम भटट्राइ आउनु चर्चामा आए । उनले गरेका कामहरु अत्यन्त लोकप्रिय थिए ।जसले गर्दा नेपाली जनताको सामु बाबुरामको छवी उच्च बन्न गएको थियो । उनी काम गर्दै थिए ,उनले ल्याएका योजनाहरु अझ लोकप्रीय हुन्थेहोला र उनी अझ चर्चामा आउँथे होला तर कटुवाल प्रकरणको कारण कामरेड प्रचण्डको सरकार उत्तानो पर्न गयो । त्यस पश्चात नेपाली राजनितीको इतिहाँसमै एउटा अचम्मको कुरा नै भनौँन ,दुइ दुइ ठाँउ बाट हारेका र राजतन्त्रको पालामै नेपाली जनताको सामु आफ्नो इज्जत गुमाइसकेका माधव कुमार नेपाल भारतिय विस्तारबादको इसारामा विस्तारबादकै कठपुतली सरकार बन्यो । सरकार नेपाली जनताको आँखामा काँडा बनेका कारण र माधव नेपाल को नालायक व्यक्तित्वको कारण एमालेको सरकार ले पनि गुल्टुङ खायो । त्यस पश्चात पनि सिँहदरवारमा दह्रो नाटक प्रदर्शन भयो । नेपाली क्रान्तिका नायक भनिएका एकजना गफाडि नेता कमरेड प्रचण्ड र नेपाली काँग्रेसका उही पुरानै परिचित अनुहार रामचन्द्र पौडेल विच व्यवस्थापिका संसदमा लडाइ चलीरह्यो ।लडाइका क्रममा प्रचण्डको कहिल्यै प्रधानमन्त्री बन्ने मत नपुग्ने अनी जहिले पनि रामचन्द्र ले चाँही हार्ने यस्तो कथाले धेरै दिनहरु बिताए । त्यसपश्चात एकिकृत ने.क.पा माओबादी का अध्यक्ष प्रचण्डले आफु प्रधान मन्त्री बन्न नसके पछि प्रभु हरुकै सहयोग र आफ्नो केही सहयोगमा झलनाथ खनाल लाइ प्रधान मन्त्री बनाए । सरकार त बन्यो तर सवै खाउँसेहरु सन्तुष्ट नभएपछि झलनाथको सरकार ले पनि राजीनामा गर्नुपर्ने स्थितीको सुरुवात भयो । अन्तत झलनाथको सरकार पनि ढल्यो । ढल्ने वित्तिकै अघि चर्चा गरिएका नेपालकै सवैभन्दा जनताको भोट प्राप्त गर्न सक्ने एकजना नेपाली राजनितीका प्रभावशाली र बुद्धिजिवी भनिएका पुर्व अर्थमन्त्री डाक्टर बाबुराम भटट्राइ नेपालको प्रधान मन्त्री बने । उनी प्रधानमन्त्री बन्ने वित्तिकै नेपाली जनताको अनुहारमा एक प्रकारको नौलो खुसी छायो । सवै जनतामा यो सरकारले पक्कै पनि केही न केही गर्छ भन्ने परेको थियो र नेपालका अरु असफल टाउकेहरु मा भन्दा बाबुराममा केही विश्वास बढि जनताको रहोको थियो । उनि प्रधानमन्त्री बन्ने वित्तिकै सवै नेपालीहरुलाइ र विदेशी हरुलाइ पनि एकचोटी छक्कै पारे ,नेपालका नेताहरु महँगा गाडी चढ्ने गर्दछन ।अनी विलासी जिवन विताउने गर्छन । एकिकृत नेकपा माओबादीका अध्यक्ष कमरेडको कुरो गर्ने हो भने पनी अहिले उनि नेपालकै एक नम्बर विलासी नेताको रुपमा परिचित छन । तर प्रधान मन्त्री बन्ने वित्तिकै प्रधानमन्त्री बाबुरामले नेपालमा नै बनेको मुस्ताङ गाडी किनेर नेपालीमाझ आउनु चर्चामा आए । ओहो बाबुराम त साँच्चै मितव्ययि र विकास प्रेमी नेतापो हो गाँठे भन्ने पर्न थाल्यो हामीलाइ पनि । उनले सरकारको निती तथा कार्यक्रममा पनि केही नेपाली जनतालाइ राहत पुराउने खालका कार्यक्रमहरु ल्याए । उनको नेपाली जनताले त्यस समयमा गर्न  सम्म प्रशंशा पनि  गरे। बास्तविक नेपाली जनताको हितको लागी लड्ने एकजना सच्चा नेता बाबुराम भटट्राइ हो भनेर नेपाली सर्वसाधारण ले बुझेका थिए । तर विडम्बना सरकार बन्ने वित्तिकै जति चर्चामा आयो त्यसलगत्तै सरकारको सयदिन नपुग्दै उँधो गति सुरु भयो । उनीलाइ भारत परस्त भनेर क्ेहीहरुले भन्ने गर्थे ,तर त्यो कुरामा कुनै तुक थिएन । तर जव उनी भारत गएर माओबादी पार्टिको निर्णय र जनताको विरोधको बावजुद पनि देशघाती विप्पा सम्झौता गरे त्यसपछि अघि उनले जति प्रसंशा पाएका थिए त्यसको दोब्बर उनले आलोचना खेप्नु प¥यो । अनी सरकार निर्माणका लागी मधेशी सँग सहमति भयो त्यो पनि नेपाली जनताको विरुद्धमा थियो ,त्यसको पनि नेपाली जनताले कडा विरोध गरेका थिए ।यस्तै यस्तै कुकर्महरु गर्ने क्रममै नेपालको इतिहाँसमा सरकार र माओबादी नेतृत्वले यति घातक निर्णय ग¥यो की त्यो समग्र नेपाली जनताको अहितमा थियो ,त्यो नेपाली राजतन्त्रलाइ फाल्नको लागी अत्यन्त महत्वपुर्ण भुमिका खेलेका विर माओबादी जनमुक्ति सेनाहरुको  विरुद्धमा थियो , त्यो नेपाली जनता र शहिद हरुको विरुद्धमा थियो । र समग्रमा नेपाली महान जनयुद्ध र जनआन्दोलनको विरुद्धमा थियो । त्यो थियो नेपालका सामन्तबादी पार्टिहरु समक्ष माओबादी नेतृत्व ले आत्मसमर्पण गर्नु ,हो माओबादी नेतृत्वले सात बुदे सहमतिमा हस्ताक्षर गरेर नेपाली क्रान्तिलाइ विसर्जन ,जनमुक्ति सेनाको विघटन र हिँजो सामन्तबादी पश्चगामी राजनितीक पार्टि भनिएकाहरु सँग फेरी मुख जोडाइ , हो यस्ता नालायक काम माओबादी नेतृत्व र नेतृत्वको इसारामा चल्ने बाबुरामको सरकार ले ग¥यो । त्यस्तो नालायक लज्जास्पद कामको नेपाली जनता र नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने माओबादी भित्रको कमरेड किरणको टिमले शसक्त विरोध ग¥यो । यस्तै यस्तै कारणले गर्दा डाक्सावको सरकार को वास्तविक अनुहार पत्ता लाग्ला लाग्ला जस्तो भयो । सरकार गठनको क्रममा मधेशीहरु सँग जुन अपाच्य प्रकारको सम्झौता गरियो । त्यसक्रममा मधेशमा राजनितीको नाममा हत्या ,हिँसा , चोरी , अपहरण ,बदमासी आदी मा लागेका अनैतिक मानिसहरुलाइ मन्त्री बनाइएको रहेछ । विस्तारै हेर्दै जाँदा सरकार का मन्त्री हरु कोही हत्यारा , का्ेही देश टुक्राउँछु भन्नेहरु , कोही अपहरणकारी , कोही भ्रष्टाचारी निस्कन थाले । सवैभन्दा बुद्धिजिवी भनिएको डाक्साव ले त त्यस्ता मन्त्रीहरुलाइ पो छान्नु भएको रहेछ । अहिले सम्म कै सवभन्दा ठुलो मन्त्री मण्डल  विस्तार गरेर पनि डाक्टर साहेवले धेरै चर्चा कमाउनु भयो । अनी प्रधानमन्त्री ज्यु धेरै पढेको भन्ने सुनेको थिँए । अनी यो कुरा पनि मैले सुनेको थिएँ । प्रधानमन्त्री ज्यु पढाइमा किर्तिमान कायम गरेको मान्छे । अनी प्रधानमन्त्री भइसकेपछि पनी तपाइले थुप्रै अविस्मरणीय किर्तिमान हरु कायम गर्नुभो ,सवै भन्दा ठुलो मन्त्री मण्डल , जनघाती सन्धी सम्झौता , गलत निर्णय , महंगी को तिव्र बृद्धि, अपराधी मन्त्रीहरुलाइ सरकारमा समावेश, पार्टि निर्णय विपरीत ठुल ठुला निणय , लगायतमा प्रधानमन्त्री ज्यु प्रथम नै हुनुभो । अहिले सम्मका सरकार प्रमुख हरुको हालत हेरीयो उनीहरु जनताको पक्षमा काम गर्नको लागी करिव पुरै असफल भए । र तिनीहरुलाइ मुल्यांकन गर्दा उनीहरु बाबुराम भट्टराइ भन्दा कम बुद्धिजीवी हुन भनेर भन्ने गरेको पाइन्छ । योग्यताले पनी डक्टरी गर्नुभएको प्रधानमन्त्री ज्यु ले समग्र देश कै उपचार गर्छु भनेर बडो दह्रो गफ लगाउनु भएको थियो प्रधानमन्त्री बन्ने वेलामा । तर एक जना पार्टिका नेताले भनिसके धेरै पढेको र बुद्धिजीवी मा धेरै फरक पर्छ । त्यसैले बाबुराम धेरै पढेका नेता हुन सक्छन  तर उनी बास्तविक बुद्धिजिवी होइनन । आज हामीलाइ पनि त्यस्तै लाग्न थालीसकेको छ । जसरी जनताले तपाइलाइ बुद्धिजीवीको रुपमा बुझ्ने गर्थे तर तपाइ धेरै पढेको तर देश र जनताको पक्षमा काम गर्न नजानेको नाम मा मात्र बुद्धिजिवी हुनुहँुदो रहेछ । आज देशमा डाक्साव को सरकार बनीसके पछि देश धेरै विरामी भएको छ । महँगी ले गर्दा आज देश विरामी भएको छ ,चोरी , डकैटी, हत्या , अपहरण को कारणले आज देश विरामी भएको छ , शान्ती र संविधान विना आज यो देश विरामी भएको छ , सरकार र राजनितीमा अपराधी कुकूरहरुले स्थान पाउनाले आज देशको राजनिती भद्रगोल भएको छ र त देशको राजनिती पनि विरामी भएको छ । अन्तत समग्रमा हाम्रो देश विरामी भएको छ । नेपाली जनताले आज सोधीरहेका छन । डाक्टरसाव देश किन विरामी ? यसको उत्तर छ भने सत्तामा बसीराख बाबुराम यदि तिमी नेपाली जनतासामु नाजवाफ छौ भने तत्काल राजीनामा देउ ,नेपाली जनताले तिमीलाइ बारम्बार यही प्रश्न गरीरहेका छन , ए डाक्साव देश किन विरामी ?

भ्रमजिवी
               
                        
सोनु कुमार सुनार
हाम्रो घर नजिकै एकजना पुरानो राजनितीज्ञ थिए । उनले राजनिती र दर्शन मा धेरै अध्ययन गरेका थिए ।उनले आफ्नो जिवनमा करिव सवै समय राजनिती गरे तर आज उनि आज राजनिती छोडेर गाँउमै वसिरहेका छन ।उनले आफुले राजनिती छोड्नुको बारेमा एकदिन मसँग सवै बेली विस्तार खोले ।“नेपालमा कम्युनिष्ट पार्टि हरु थिएनन ,काँग्रेस ,राजा र पञ्चेहरु मात्र देश मा थिए । नेपाली समाजमा सामन्तबाद ले जनतालाइ आक्रान्त पारेको थियो ।देशमा शासन गर्ने हरुले जे बोल्थे त्यही नै लागु हुनु पथ्र्याे ।म भारतको बनारस स्थित एक शिक्षालयमा अध्ययन गर्थेँ । हाम्रो घर नेपालमा हो तर बुवा आमा नोकरी को सिलसिलामा भारत गएको वेला हामी उतै बसाइ गरेका थियौँ ।बिद्यालयमा पढ्दा मलाइ राजनितीमा अति चासो लाग्ने गथ्र्याे । मैले भारतको अखवार हरु एकदम पढ्ने गर्थेँ । भारतमा अंग्रेज विरोधी आन्दोलन चर्किएको थियो ।त्यसवेला हामी स्कुल पढ्न सक्ने अवस्था थिएन आन्दोलनको कारणले । मेरा साथीहरु धेरै राजनितीमा चासो राख्दैनथे । उनिहरु आन्दोलन को कारण ले गर्दा स्कुल बन्द भएको मा आक्रोसित हुन्थे ।उनिहरुलाइ भारतको स्वाधिनताको बारेमा कुनै पनि चिन्ता र चासो थिएन । तर मलाइ भने अंग्रेज हरुले भारतमा चलाएको दमन र कव्जा मन परेको थिएन त्यसैले म स्कुल बन्द भएपनि स्वतस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएको थिँए । भारतमा आन्दोलन चलिरहेकै अवस्थामा स्थिती असामान्य बन्दै गएपछि हामी नेपाल फर्किन पर्ने अवस्थाको सिर्जना भयो र हामी नेपालमा आयौँ । नेपाल फर्कने क्रममा बाटोमा आँउदा मलाइ साह्रै अचम्म लाग्यो किनकी नेपालको मानिसहरु भारत का भन्दा धेरै फोहोरी र साना साना थिए ।हामी होटेलमा भात खानको लागी पस्यौँ त्यँहा जाने बित्तिकै मलाइ साह्रै अप्ठयारो लाग्यो ।होटेलमा मानिसहरु रक्सी खाएर हल्ला गर्दै थिए । त्यहाँ खाना खान मलाइ घिन घिन लागीरहेको थियो ।मानिसहरु नेपाली बोल्ने हुनाले मैले केही कुरा पनि बुझ्दैनथेँ ।हामी जव शहर छाडेर गाँउ पस्यौँ मलाइ अगाडीको भन्दा झन अचम्म लाग्यो ।त्यँहा मानिसहरु केही मात्र सफा थिए । अरु मानिसहरु हिलोमा डुवेको जस्ता देखिन्थे । हामी पहाडको एउटा घरमा पुग्यौँ ।त्यहाँ एक जना बुढा ,बुढी ,कुकुर अनि गाइभैँसी हरु थिए ।मैले गाइ भँैसी कहिल्यै पनि देखेको थिएन । गाँउ पसिसके पछि मलाइ निकै फरक र रमाइलो अनुभुति भयो ।त्यँहाको सँस्कार सँस्कृतिको बारेमा मलाइ बिस्तारै जानकारी हुँदै गयो ।करिव २ महिना पछि मलाइ नेपाली भाषा पनि पुरै आउन थाल्यो । म गाँउमा धेरै रेडियो सुन्ने गर्थेँ र नेपाली राजनितीको बारेमा बुझ्न प्रयास गर्थेँ ।नेपाली समाज मा भएको अनेक खाले असमानाहरुको बारेमा पनि मलाइ जानकारी भयो । नेपाली हरु करिव सवै जनताहरु गरिवीको रेखामुनी भएको कुरापनि मलाइ जानकारी भयो ।यसमानेमा समानताको लागी नेपालमा ठुलो आन्दोलनको जरुरत थियो ।गाँउमा वर्गिय,जातिय,लैंगिक,क्षेत्रिय लगायतका अनेकौँ प्रकारका असमानता हरु जारी थिए ।ति असमानताको कारण सवै भन्दा सर्वसाधारण जनताहरु मारमा पर्नु परिरहेको थियो । गाँउमा दिन हरु यस्तै कुरामा विश्लेषण गर्दा गर्दै बित्दै थिए । भारतमा हुँदा किनेका दर्शन का किताव हरु पढेर मैले दिन काटिरहेको थिँए । भारत बाट बल्ल आएको कारणले गाँउघरको कामको बारेमा मलाइ जानकारी थिएन । एकदिन बिहानै उठेर सरसफाइ गरी नास्ता खान लाग्दा रेडियो मा नेपालमा कम्युनिष्ट पार्टिको स्थापना भएको भन्ने समाचार आयो यो खवरले देश भित्रका शासक हरु काँग्रेसहरु आक्रान्त भएको खवर सुनेँ । यो कुरा सुन्दा मलाइ साह्रै खुसी लाग्यो । कम्युनिष्ट पार्टिका मानिसहरु सँग भेट हुने सुत्रको खोजीमा म लागेँ ।गाँउमा सरकारको तिव्र दमन थियो ,गाँउमा मानिसहरु राजनितीको र सम्म पनि उच्चारण गर्न सक्दैनथे । एकदिन गाँउमा ठुलो हल्ली खल्ली मच्चीयो पुलिसहरु चारैतिर परिचालित भए । गाँउमा संगठन विस्तारको लागी कम्युनिष्ट पार्टिका मानिस हरु आएको हल्ला चल्यो । पुलिसको अवरोधलाइ कसरी सहज बनाउने भन्ने मा उनिहरु लागीरहेका रहेछन ।गाँउका केही मानिसहरुलाइ लिएर बेसीखोलातिर गयौँ ।त्यँहा गइसके पछि अलि तल साउने पानी भन्ने ठाँउमा उनिहरु आउँदै रहेछन । हामी गएपछि उनीहरु तर्सित भए तर मैले हामी तपाइहरुकै सहयोगको लागी आएको भनेर उनिहरुलाइ आश्वस्त पारेँ ।त्यँहा उनीहरु सँग पुलिसहरु बाट जोगिने बारेमा छलफल भयो ।त्यस रात मैले उनिहरुलाइ हाम्रो घरमा लगेर बसालेँ ।अर्काे दिन भेलाको लागी सवै गाँउले हरुलाइ सुचना गर्ने निर्णय भयो ।मसँगै गाँउकै ५जना सुचनाको लागी गाँउमा परिचालित भयाँै ।अर्काे दिन गाँउमा आमसभाको आयोजना भयो । गाँउका सवै मानिसहरु उपस्थित थिए ।कम्युनिष्ट पार्टिका मानिसहरुले नितीकार्यक्रम हरुको बारेमा जानकारी गराए ।त्यसमा सवै जनताहरुको समर्थन रह्यो ।सभा सकिनै लाग्दा गाँउमा केही गुण्डा र पुलिसहरु आए उनिहरुले सोझै मासमा आक्रमण गर्ने प्रयास गरे तर कम्युनिष्ट पार्टिका मानिसहरु ले जनतालाइ नआत्तिकन प्रतिकारमा उत्रन आग्रह गरे पछि सवै गाँउले ले गुण्डाहरु र पुलिस माथि आक्रमण सुरु गरे त्यो गरे पछि उनिहरु हतोत्साहित हुँदै भागे ।त्यस पछाडी हल्ला सान्त भयो ।गाँउमा कम्युनिष्ट पार्टिको जिल्लास्तरिय संगठन निर्माण गर्ने कुरा भयो ।गाँउको पार्टिको जिल्ला इन्चार्ज बनाउनको लागी जनतालाइ भनियो ।गाँउमा राजनितीक विषयमा अलि बढी चासो राख्ने हुनाले मलाइ नै कम्युनिष्ट पार्टिको जिल्ला इन्चार्ज बनाउने प्रस्ताव सवै बाट आयो ।त्यसलाइ मैले नस्विकार्ने कुरा पनि भएन ।मेरो संयोजकत्वमा ५० सदस्यीय जिल्ला समितीको निर्माण भयो ।कार्यक्रम मा सवैले कम्युनिष्ट पार्टिको सदस्यता लिए ।जिल्ला समितीले गाँउ कमिटी निर्माण गर्ने निर्णय गरियो ।नेपालमा त्यो समयमा गाँउगाँउमा कम्युनिष्ट पार्टिको संगठन निर्माण भइरहेको थियो ।पछि कम्युनिष्ट पार्टि विस्तारित भयो ।क्रान्ति विरोधी हरु बाट पार्टि अलग गरियो र नयाँ पार्टिको नाम ने.क.पा(माओबादी )राखियो ।नेपाली सामन्तबादको उन्मुलनको लागी नेपालमा शसस्त्र युद्ध निर्माण को योजना पार्टिले अगाडी सा¥यो ।देशभर युद्धको सुरुवात भयो ।दश बर्षको अवधी सम्म नेपालमा जनयुद्ध ले निरन्तरता पायो ।त्यसपश्चात नेपालमा सामन्तबादको उन्मुलन को स्वरुप सामन्तबादको नाइके को शासनसत्ता जनताले आफ्नो हातमा लिए ।नेपालमा सँबिधान सभाको चुनाव भयो ।चुनावमा जनताले माओबादी लाइ सवै भन्दा ठुलो राजनितीक पार्टिको रुपमा स्थापीत गरायो । नेपाली जनताले सँबिधान मार्फत हक र अधिकार को स्थापनाको लागी जनप्रतिनिधीहरुलाइ माथि पठाए । तर पार्टिभित्र केही मानिसहरु घोषित लक्ष्य भन्दा वाहीर रहेर मोज मस्ती र पैसा कमाउन को लागी लागे ।आज पार्टि नेतृत्व ले क्रान्ति विरुद्ध विभिन्न गतिबिधी हरु अगाडी बढाइरहेको छ ।जसरी नेपाली जनताको साम्यबाद को सपना अनुसार क्रान्ति को थालनी गरिएको थियो ।तर आज पार्टि नेतृत्व ले सामन्तहरुको अगाडी आत्मसमपर्ण गरेको छ ।हिँजो हामीले सामन्तहरुको विरुद्धमा लडेका थियौँ ।तर १०करोडको घर बनाएर आज नेतृत्व सामन्त मा परिणत भएको  छ ।हाम्रो पार्टि हरु श्रमजिवी को मुक्ति को लागी लडिरहेको पार्टि हो तर अहिले श्रमजिवीहरुको पक्षमा काम गर्ने भ्रम नेपाली जनतामाझ छरिरहेका छन ।त्यसकारण अहिले पार्टिभित्र धेरै क्रान्तिको नाममा दलाली गर्ने भ्रमजिवीहरु बढि छन त्यसैले अहिले बुढेसकालमा आएर मैले राजनिती छाडेको छु ।” एकजना बुढा राजनितिज्ञ ले मसँग बाडेको यही अनुभव सँग नेपालको अहिले को परिस्थिती ठ्याक्कै मिल्दो छ । अहिले नेपालमा राजनितिक अन्योलता छाइरहेको छ ।नेपाली जनताले ६०बर्ष लामो संघर्ष गरेर ल्याएको संबिधान सभा बाट आज सँबिधान बन्न सकिरहेको छैन ।संबिधान बनाउनको लागी जनप्रतिनिधीको रुपमा पठाएका सभाषदहरु आज चोर ,भ्रष्टाचारी ,दलाल,अपहरणकारी मा परिणत भइरहेका छन । जुनसुकै पार्टि भित्रका पनि एकथर नेता कार्यकर्ताहरु मोज मस्ती गरिरहेका छन ,पैसा कमाइरहेका छन ।तर त्यही पार्टिभित्रकै एकथर नेताकार्यकर्ताहरु भिखारी बनेर बसीरहेका छन ।नेपाल सरकारको बहालवाला मन्त्री मोष्ट वान्टेड लिस्टमा छन ।त्यसैले आज नेपालमा भ्रमजिवी हरु को मात्रै हालीमुहाली भइरहेको छ ।आज राजनितीक पार्टिका नेताहरु जति बोलीरहेका छन ,जति प्रतिबद्धता जनाइरहेका छन ,ति सवै झुटो सावित भएका छन त्यसैले अव जनताले कसैको पनि कुरा सुन्ने वाला छैनन। अव नेताको बोली कुकूरको पाध जस्तो भएको छ ।त्यसैले जनता भनिरहेका छन राजनिती गर्नेहरु सब भ्रमजिवीहरु हुन ।कयलगपगmबचकगलबच२थबजयय।अयm
 
भ्रष्टाचारी गद्धार हरुलाइ सामाजिक बहिस्कार को सँस्कार बसाल्नुपर्छ
सोनु कुमार सुनार
आजकाल को जमाना मा राम्रो कुराको बिकास हुन त्यति सकिरहेको छैन ।सत्य कुरा मानिसहरु सुन्न मान्दैनन ,किनकी सत्य तितो हुन्छ ,कामलाग्ने कुरा हरु गर्न खोज्यो भनेत कतिपय ठाँउहरुमा आफै हिस्सीनु पर्दछ । पुँजि बादको प्रभाव ले गर्दा आज मानिस मा मानविय भाव हराउँदै गएको छ,शहर बजारको कुरा ग¥यो भने त त्यँहा मानिसहरुको बस्ती छ की जनावर हरुको बस्ती हो ठम्याउन गाह्रो हुन्छ । त्यँहा गोजीमा दाम छ त सबै छ तर गोजीमा दाम छैन भने केही पनि छैन ।आज मानिसमा भडकिलो सँस्कारको बिकास भएको छ । एउटा नँया कपडा लगायो भने बाटोमा तिरीमिरी गर्दै हिँडने गर्छन आजका मान्छेहरु ,श्रम गरेर खाने बानि हराइसकेको छ ,जाँगर मरेर गएको छ मान्छे हरु झन पछि झन अमितब्ययी बन्दै गइरहेका छन । समाज सेवा, राजनिती, घर्म,जस्ता कुराहरु त धेरै मानिसहरु सुन्न पनि रुचाँउदैनन अनि तपाइ भन्नुहोला अव मान्छे के राम्रो मान्छन त, के सुन्न रुचाँउछन त ,अनि कस्तो सँस्कार मन पराउँछन त ?मान्छेहरु आजकाल झर्केर बोलेको र गाली गरेको मनपराउँछन ,अश्लिल कुराहरु बोल्न मन पराउँछन ,मान्छे नाङगै सडकमा हिँडेको मन पराउँछन ,सडकमा भोकै हिँडिरहेको कुकूरलाइ ढु∙ा ले हानेर मार्न रुचाँउछन,भोक लागेर एकजना मगन्ते रुँदै कराउँदै खाना मागिरहेको देख्दा हाँस्न मन पराँउछन । हो यस्तै कुराहरुले पछिल्ला मानिसहरुका सँस्कार र सँस्कृति को प्रतिनिधित्व गर्ने गर्दछन । यस्तै नराम्रो सँस्कार हरु त थुप्रै छन त्यसको चर्चा तपाइ र मैले गर्दै गरौँला यहाँ चाँही चर्चा गरौँ माथि उल्लेख गरिएकै पछिल्ला कुसँस्कार हरुकै बर्गमा पर्ने भष्ट आचार अर्थात भ्रष्टाचार∕ को ,अचम्मै मान्नुपर्छ नराम्रो कुराको बिकास हाम्रो यो देशमा कति मौलाएको होला ? जँहा इच्छा त्यँहा उपाए भन्ने उखान लाई बदलेर जँहा सार्वजनिक ठाँउ त्यहाँ भ्रष्टाचार भन्दा अतियुक्ति नहोला ।गाँउ हुँदै जिल्ला हँुदै सरकार हँदै सुडान घोटाला सम्म भ्रष्टाचारको केन्द्रीकरण भएको छ । एउटा सरकारी कार्यालयमा काम गर्ने कर्मचारी को घरखर्च सबै जोड्ने हो भने त्यसको तलब ले त्यो खर्च धान्न त्यति पर्याप्त हुँर्दैन तर उसले स्टयाण्डर्ड गाडी ,घर ,बैंक ब्यालेन्स ,जुवातास प्रतिस्पर्धा ,सबै भ्याएको हुन्छ । अव हामी कुरा गँरौ एकजना मन्त्रीको काठमाण्डौ को महँगीमा तलवले बल्ल बल्ल धान्छ होला ।तर उनिकँहा लाखौँ करोडौँ को सम्पति ,गाडि ,पाथिका पाथि सुन कँहाबाट आँउछ ?उनिहरु आपःनो जिवन भर राजनिती गर्दा धनपैसा कमाउन पाँउदैनन जनताको सेवामा लाग्ने ले कसरी पैसा कमाउन सक्छ यो सबै ले बुझ्ने कुरा हो।सत्तामा नपुगूनजेल र सभाषद नबन्दासम्म ति नेताहरु थोत्रा चप्पल पडकाएर गाँउघरमा हिँडने गर्थे।तर उनिहरु जब सत्तामा पुग्छन तब उनिहरुको चालामाला छिट्टै बदलिन पुग्दछ,यो सब अख्तियारको दुरुपयोग को कारण ले नै उनिहरु को चरित्रमा कालो दाग लाग्न जान्छ । हाम्रो देशमा अहिले सम्म हामीले देखेका सरकारी कार्यालयहरुमा कुनै न कुनै प्रकारको अख्तियारी को मिचाइ भएकै हुन्छ।भ्रष्टाचारी हरु लाइ नेपालमा उच्च राजनितीक सँरक्षण रहेको छ । जुनसुकै सरकार आएपनि उसले भन्न भ्याएकै हुन्छ हामी भ्रष्टाचार जसरी भए पनि उन्मुलन गररै छाडछौँ तर सबैभन्दा बढि सरकार भित्रैबाट भ्रष्टाचार भएको हामी अहिले सम्म देखिरहैका छौ ।त्यसकारण सर्वप्रथम त सरकार ले आफ्नो चाला सुधार्नुपर्छ ।नेपालमा जती  नारा हरु जपिएपनि भ्रष्टाचारको उन्मुलन हुन सकिरहेको र्छैन । भ्रष्टाचारी लाइ किरा परोस भन्ने हरु आफै भ्रष्टाचार गरिरहेका छन ,जसले जनबिरोधी काम गर्छ त्यसलाइ मानबिय ब्यबहार बाटै टाढा राख्नु पर्छ ,मानव बिरोधी काम गर्ने लाइ म मान्छे हुँ भन्ने अधिकार छैन ।राजनितीक आवरणमा आज भ्रष्टाचारी कुकूरहरु बाँचिरहेका छन त्यसकारण दिन पछि झन झन भ्रष्टाचार मौलाउँदै गइरहेको छ । जुन सरकार र राजनितीक पार्टिले भ्रष्टाचारी हरुलाइ पालेर राख्छ त्यो पार्टि र सरकार लाइ सम्पुण जनताहरुले बहिस्कार को सँस्कार बसाल्नुपर्छ ।अहिले सम्म भ्रटाचार उन्मुलन गर्न राजनितीक पार्टिहरु सफल नभएको र राजनितीक पार्टिकै नेताहरु बाट भ्रष्टाचार हुने गरेकाले अव नेपालमा भ्रष्टाचार उन्मुलन गर्नको लागी नागरिक समाजको सक्रियताको खाँचो छ ।जुनसुकै क्षेत्रमा पनि हुने जस्तो सुकै भ्रष्टाचार को बिरुद्धमा ब्यापक जनचेतनाको बृद्धी गर्नको लागी सामाजिक आवरण बाटै प्रयासको आवस्यकता छ । भ्रष्टाचारको अर्काे कारण मानिसहरुमा पुँजिबादको चरम प्रभाव पनि हो । ताकि मानिसले कसरी मिठो खाने ,कसरी मोजमस्ती र सुखसयल गर्ने,कसरी तडक भडक स्टाइल देखाउने भन्ने मानसिकता अहिलेका मानिसहरु बनाइरहेका हुन्छन ,दिर्घकालको लागी कसैले पनि सोँच्ने गरेको छैन । जव पैसा सकिन्छ तव भ्रष्टाचार नै त्यसको जवाफ हुन्छ ,जव मानिस आफ्नो सादा जिबन बाट माथी उठ्न खोज्छ तव उसको तलव ले पुग्दैन अनि उ भ्रष्टाचार गर्न बाध्य हुन्छ ।त्यसकारण मानिसमा मितब्ययी सोँच को बिकास गर्नको लागी सरकार र सामाजिक क्षेत्रबाट अलि बढीनै पहल गर्नु आवस्यक रहेको देखिन्छ ।पछिल्ला समयमा बिभिन्न संघसँस्था हरु द्धारा सेवा प्रदायक निकाय हरु ले जनतामा प्रदान गर्ने सेवा प्रवाहका बिषयमा सर्वसाधारण हरु डाकेर सार्वजनिक सुनुवाइ को आयोजना गर्ने गरिएको छ ।यस्ता प्रयासले भष्टाचार को उन्मुलनको लागी महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । हाम्रो समाजमा राम्रो कामको सकेसम्म बिराध गर्ने नभए त्यसलाइ बेवास्ता गर्ने परम्परा छ ,कसैले राम्रो काम ग¥यो भने त्यो राम्रो काम अरुलाइ पाच्य हुँदैन । कतिपय राजनितीक पार्टिमा कसैले आर्थिक अनियमितताको बिषयमा बोल्न खोज्यो भने त्यसलाइ पार्टि अनुशासन को कार्वाही गरिन्छ ,त्यस्तै कुनै सरकारी कार्यालयमा कुनै एकजना कर्मचारी ले पैसा हिनामिना को कुरा उठायो भने त्यसको काल आएको मान्नुपर्छ । नेपाल मा गलत काम गर्ने हरुलाइ कानुनि तवरबाट को प्रक्रिया अगाडी बढाइएपनि त्यो लागुहून सकिरहेको छैन । सानालाइ ऐन ठुलालाइ चैन भनेझैँ सर्वसाधारण ले गरको गल्ती मात्र कानुनले देख्ने गरीरहेको छ तर ठुला पँहुचमा भएका मान्छेहरुलाइ कानुनले छुन सकिरहेको छैन । यो अबस्थामा सबैलाइ गलतकाम गरेबापत कार्बाहीको अनभुति गराउन र गर्नको लागी अब जनसमुदायको तर्फबाट केही कडा कदम चाल्न पर्ने देखिन्छ । समाजबाट भ्रष्टाचारको जरा उखेल्नको लागी भ्रष्टाचारीलाइ जनसमुदाय बाटै बहिस्कार गर्नुपर्छ । र उनिहरुप्रति गरिने ब्यबहार अरु मानिससरह भन्दा अलि फरक गर्नुपर्छ । ताकि भ्रष्टाचारी हरुलाइ यो कुरा को राम्रो सँग याद होस की भ्रष्टाचार गर्नु र मर्नु बराबर रहेछ ।
   के जनविद्रोह विना संविधान बन्न सक्छ ?
सोनु कुमार सुनार
    आज हाम्रो देशमा नहुनुपर्ने अनिष्ट भइरहेको छ । सँबिधान निर्माणको लागी पठाएका जनप्रतिनिधी हरु कोही चोर कोही फटाहा कोही ठेकेदार ,हत्यारा ,अपराधी आदी रुपमा आज देखीइरहेका छन । नेपाली जनताले ति कुमानव हरुलाइ जनसँबिधान निर्माण गर्नको लागी माथी पठाएका हुन तर आज देश पहिलेको भन्दा झन अस्तब्यस्त भइरहेको छ । दिनप्रतिदिन महँगी बढिरहेको छ ,हत्या अपहरण पनि बढिरहेकै छ।सरकार झनपछि झन काम नलाग्ने थोत्रा थाल बन्दे गइरहेको छ ,जँहा भात थापेर खान सकिँदैन ।सरकार होकी जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गरिरहने ब्यापारिक दलाल प्रतिष्ठान हो? प्रश्न चिन्ह उत्पन्न भएको छ ।प्रधानमन्त्री बाबुराम दन्त्यकथाको राम होलान भनेको त उनि त हराम पो रहेछन ,उनको राजनितीक कार्यकुशलता पनि राम्रै सँग देखियो ।आज देश किन यस्तो अस्तब्यस्त भइरहेको छ ? किन सँबिधान निर्माण हुन सकिरहेको छैन?किन राजनितीक पार्टिका नेता कार्यकर्ता भनिएकाहरुले जनताको हत्या गरिरहेका छन? साँच्चै यस्तो अनिष्ट किन भइरहेको छ । हामी सवै नेपाली हरु लाइ यो कुरा ले आज पिरोली रहेको छ । अव यिनी कुरा हरुको प्रश्न सजिलै छ । आज भ्रष्टाचार कसले गरिरहेको छ? ब्यक्ति हत्या कसले गरिरहेको छ?अपहरण कसले गरिरहेको छ? निश्चित रुपमा यि गैरकानुनी क्रियाकलाप हरुमा नेपालका राजनितीक पार्टिहरुमा लागेका भनिएका भुस्याहा हरु छन।नेपालको सँक्रमणकाल को फाइदा उठाएर नेपाली राजनितीक पार्टिमा कानुनको आँखा मा अनैनिक मानिसहरु आज पार्टिहरुमा छिरेकाछन। कसैले कसैको हत्या गरेको छ भने हत्यारा कसै नभएर कुनै न कुनै राजनितीक पार्टिको कार्यकर्ता हुन्छ । नेपालमा राजनिती गर्ने हरु कमै मात्र जनप्रिय मानिसहरु छन अरु सवै गुण्डा ,हत्यारा, चोर फटाहा ,लुटाहा ,अल्लारे छनकी जस्तो लागीरहेको छ यतिवेला हामी सवैलाइ । नेपालका राजनितीक पार्टिहरु मा भएका यस्तै तत्व हरुको कारण आज देश अस्त ब्यस्त बनिरहेको छ । प्रहरी ले खुलेआम पार्टिको अध्यक्ष भइसकेको ब्यक्ति लाइ अपराधी भनेर सडक वाट पक्राउ गर्दछ भने त्यो पार्टि का समग्र पधादीकारी हरु र कार्यकर्ता मा पनि प्रश्न उत्पन्न हुन्छ ।नेपाली राजनितीमा सँक्रमण कालको फाइदा उठाएर जनविरोधी तत्वहरु घुसीरहेका छन ,पार्टि भित्रै मोस्ट वान्टेड हरु पनि छन ,हत्यारा हरु पनि छन , सविँधान बिरुद्धमा वोल्ने माकुने हरु पनि छन ,अपहरण कारी श्यामसुन्दर हरु पनि छन त्यसैले आज देश मा अराजकता मौलाइरहेको छ । नेपालमा जति पनि कानुन विपरित क्रियाकलाप हरु भइरहेका छन ति सारा अपराध राजनिती गर्नेहरुको निर्देशन मा भइरहेका छन । अपराधीलाइ बलियो राजनितीक सँरक्षण हुनाले अपराध निसँकोच बढिरहेको छ । आज देशमा यँहा सम्म पनी भयो की अपराधी लाइ शहिद घोषणा गरियो ।नेपाली राजनितीमा जनबिरोधी मानसिकता बोकेका एमाले काँग्रेसहरुमा यस्ता प्रकारका खराव मानिसहरु छन । मानिसहरु जस्तो पालेको छ पार्टिको रणनिती पनि त्यस्तै छन । नेपालमा एमाले काँग्रेस हरु ले आफु अनुकुल अर्थात २०४७ सालकै सँबिधान लाइ पुर्नजिवीत गर्न चाहन्छन । नेपालमा अहिले विशेष गरी पश्चगामी सँबिधान बनाउनेकी अग्रगामी सँबिधान सँबिधान बनाउने भन्ने बिषयमा लडाइ चलिरहेको छ । जनबिरोधी हरु ले कुनै पनि हालतमा जनसँबिधान बनाउन चाहदैनन र जनबादीहरु ले पनि जनबिरोधी सँबिधान बनाउने कुरै भएन ।नेपालमा जनवादी सँबिधान बन्ने बित्तिकै यहाँ रहेका चोर ,फटाहा,लुटाहा,भ्रष्टाचारी ,हत्यारा ठेकदार ,अपहरणकारी ,स्यामसुन्दर ,माकुने हरुको काल सोझै आँउछ । अव तपाइ नै भन्नुस कसैले पनि आÇनो अन्त्य चाहन्छ होला? निश्चित रुपमा पनि चाहँदैन ।देशभित्र जनताको पक्ष लड्ने हरुको जित हुनेबित्तिकै यि सव जनबिरोधी आसेपासे हरु आफै तह लाग्ने वाला छन । आज देशमा खराव मानसिकता बोकेका यस्ता राजनितीक पार्टिको कारण ले गर्दा जनतामा जनबादी राजनितीक दलको पनि चरित्र विग्रीन गएको छ ।देशमा सँबिधान नबन्नुमा सारा जनताले आज यस्तो भनिरहेका छन ,यि कम्युनिष्टले पनि केही गर्न सकेनन आज माओबादी ले केही गर्न सकेन ,बास्तवमा माओबादी पनि आज जनताको आँखामा छारो हालेर अनैतिक दलाल बनिरहेको छ ।हो माओबादी पनि जनताको पक्षमा काम गर्न सकिरहेको छैन र माओबादीको नेतृत्व नेपाली कुकुरहरुको निर्देशनमा चल्न खोजीरहेको छ । नेपालमा जसरी नेकपा माओबादी ले जनमुक्ति को लागी जनयुद्ध सम्पन्न ग¥यो ।तर आज आएर जनयुद्धको सवै मुल्यमान्यताहरुलाइ एकाएक बिर्सिएर आत्मसमर्पण को बाटोमा गइरहेको छ । आज माओबादी भित्र अति बिद्धान मानिएका बाबुराम को सरकार ले दिनप्रतिदिन जनबिरोधी क्रियाकलाप अगाडी बढाइरहेको छ । बाबुराम सरकार अहिले सम्मकै निकम्मा सरकार सावित भइसकेको छ । बास्तवमा भन्नेहो भने बाबुराम को सरकार नेपाली राजनितीमा गद्धारी गर्ने गद्धारहरुको प्रतिनिधित्व गर्ने दलाल सरकार बनेको छ । आज यो सरकारले किसान लाइ आक्रान्त पारेको छ ,बिधार्थि लाइ आक्रान्त पारेको छ ,सुकुम्वासी लाइ आक्रान्त पारेको छ,मधेशी जनतालाइ आक्रान्त पारेको छ,सुदुरपश्चिम लाइ आक्रान्त पारेको छ ,रोल्पा रुकुम लाइ आक्रान्त पारेको छ ,महिला हरुलाइ आक्रान्त पारेको छ त्यसभन्दा अझ धेरै आक्रान्त पारेको छ जनताको पक्षमा लड्ने बिर जनमुक्ति सेनालाइ आक्रान्त पारिरहेको छ । सरकार बनाउने बेलामा जसरी प्रधान मन्त्री ले आफुलाइ दन्त्यकथाको राम भनेर चिनाएका थिए तर आज उनि राम होइन हराम रहेछन र बदनाम भइरहेका छन । उनिमाथि जमानाजमाना देखी संका गरिन्थ्यो कि बाबुराम भारत परस्त हुन भनेर ,तर आज वास्तविकतामा देखिएका छन साँच्चै बाबुराम भारत को दलाल को रुपमा आज नेपालमा प्रस्तुत भइरहेका छन ,उनिलाइ हामीले बुद्धिमान नै मान्नु पर्छ किनकी उनले सरकार बनाउने बेलामा नेपाली जनताको आँखामा छारो हाल्न सफल भए ,मुस्ताङ गाडी,चामल चिनीमा मोहर कटौती ।अनि त नेपाली हरु ले भनेकै थिए ए राम सरकार भनेको तिमै्र रहिछ तिमीनै बास्तविक जनताका नेता रहेछौ । तर उनको त्यो प्रशंसा धेरैदिन टिक्न सकेन उनि राम रहेछन कि हराम भन्ने कुरा आज छर्लङ्ग भएको छ । बाबुराम सरकार को कारण ले गर्दा नेपाली जनताका बिरोधी राजनितीक पार्टि हरु ले टाउको उठाउने अवसर पाएका छन । हिँजो नेपालमा चुँ गरेर बोल्न नसक्नेहरु आज खुलेआम माओबादी को बिरोध गरिरहेका छन । नेपाली राजनितीको रंगमञ्चमा जनताको वास्तविक पार्टि माओबादी को केही नेताबाट भएको गम्भीर गल्ती कारण जनतामा जनबिरोधी हरुले माओबादी लाइ गलत प्रचार गरिरहेका छन । तर माओबादी भित्रै को किरण कामरेडको टिमले माओबादी पार्टि को अस्तित्व जोगाउनको लागी महत्व पुर्ण भुमिका खेलेको छ । एनेकपा माओबादीका प्रचण्ड बाबुराम हरुले आज यसैगरि देश चलाउन सकिन्छ भनिरहेका छ । तर साँच्चै यहि तरिकाले देश कसरी चल्न सक्छ? खोइ जनताको अधिकार सहित को शान्ती ?खोइ सँबिधान ?के यहि महंगी जनताले थेग्न सक्छन? अनि किसान हरुलाइ खोइ जग्गा खोइ देशमा क्रान्तिकारी भुमिसुधार ? अनि एकदिन प्रचण्डले झारपात पत्रिका सँग अन्तर्वाता दिँदै नेपालमा जनबादी क्रान्ति सम्पन्न भयो अव हामीलाइ केही चाँहीदैन अव समाजबाद तर्फ लाग्नु पर्छ भनेछन त्यो सुन्दा मलाइ साह्रै हाँसो लागेर आयो ?उनि गाडी चढ्न पाएकै छन , आफन्त का भुन्टाभुन्टी हरुलाइ बिदेश पढाउन पाएकै छन ,सम्पती टन्न छ ,उनको लागी त आएको छ साम्य बाद ।तर महान कमरेड प्रचण्ड एकचोटी जनताको जनजिवन हेर त साच्चै तिमीले भने जस्तै जनवादी क्रान्ति सम्पन्न भएकै हो त ? खोइ तिमीले त हिँजो क्रान्ति सम्पन्न भएपछि नेपालमा जेसुकै हुन्छ भन्थ्यौ केही पनि भएन त ? अझ तिमी आफै आजकाल त राष्ट्रपति हुने इच्छा राख्छौ रे के गर्न बन्ने राष्ट्र««पति ,सम्पति कमाउन ?आसेपासेहरुलाइ अझ धेरै राज्यको पैसा बाँड्न?अनि राष्ट्र«को पैसा सवै खलाँस पार्न ?अव यिहरु लाइ धेरै गाली गरेर पनि भएन कति गाली गर्नु हैरानै लाग्छ। नेपालको  यो कहाली लाग्दो परिस्थिती बाट नेपाली जनता आहात भएका छन । अव देश यस्तै त रहँदैन एउटा न एउटा  विकल्प त खोज्नै पर्छ । नेपालको बर्तमान घिनलाग्दो परिस्थितिको अन्त्य गर्नको लागी अव जनता हरु सडक मा आउने छन । र एकाएक सफा गर्ने छन नेपाली राजनितीको यो धुलोलाइ ।नेपाली जनताले इतिहाँसमा भाग्य को फैसला आफै गर्दै आइरहेका छन , त्यसकारण बर्तमान सँबिधान सभाबाट जनताको सँबिधान बनाउन नेपालका जनविरोधी पार्टिहरुले नदिए जनताले जनबिद्रोह मार्फत सँबिधान निर्माण गर्नेछन।अहिले एमाले काँग्रेसको कुरामा लागेर कुनै पनि हालत मा सँबिधान बन्न सक्दैन ।बन्ने भए नेपाली जनताले ४ ्र४ बर्ष सम्म कुर्नु पर्ने थिएन ।जसरी नेपाली जनताले महान जनयुद्धमार्फत नेपाली सामन्तबादको नाइके राजतन्त्रलाइ देशबाटै लखेट्न सफल भए त्यसैगरी अव नेपाली जनता आफ्नो अधिकार सुनिश्चित हुने सँविधान लेख्न सफल बन्नेछन।नेपालको बर्तमान राजनितीक परिस्थितीमा नेपाली जनताको अधिकार सहित को नयाँ जनबादी सँबिधान निर्माण गर्न को लागी जनबिद्रोहको आवस्यकता अपरिहार्य बनिरहेको छ ।त्यसकारण जनबिद्रोह मार्फत सँबिधान लेख्नको लागी र नेपाली जनताको अधिकार सहित को शान्ती स्थापना गर्न को लागी अव हामी सवै जनबिद्रोहमा केन्द्रित हुनुपर्ने जरुरी भएको छ । जनबिद्रोह बिना नेपालमा कुनैपनि हालतमा सँबिधान बन्न सक्दैन।
कयलगपगmबचकगलद्द२नmबष्।िअयm


0 comments: