अव क्यास माओबादीको हालत के हुनेछ?
सोनु कुमार सुनार
नेपालको राजनितीमा अहिले सत्तासिन रहेको नवसंसोधन बादी
पार्टी एनेकपा माओबादी जो नेपालको क्रान्तिकारी आन्दोलन बाट विचलीत भएर ,
थाकेर संसोधनबाद र आत्मसमर्पणबादको अँध्यारो ओडारतिर वास खोज्दै हिँडीरहेको
छ । जव एमाओबादीका माउहरु प्रचण्ड बाबुराम ले जनयुद्ध र क्रान्तिकारी
आन्दोलन सिद्धाउन हरप्रयास गरे तव नेपालमा मानीसहरुले यो सोँचेका थिएनन की
अझैपनि प्रचण्ड बाबुराम का पछाडी कार्यकर्ताहरु रहन्छन र उनको पिछा
गरिरहन्छन तर कुरा सोँचेको जस्तो हँुदोरहेनछ । वास्तवमा इमान र जमान भन्ने
कुरा सवैमा हुँदोरहेनछ, सवैले सामुहिक मुक्ति र हित चाँहदोरहेनछ ,इज्जत
वेइज्जत को पनि सवै लाइ त्यति प्रवाह हुँदो रहेनछ , नेतृत्वले जति गद्धारी र
गल्ती गरेपनि केही हरु आँखा चिम्लन सक्दोरहेछन र अझ उनीहरुको भजन गाइरहँदो
रहेछन। हो आज यस्तै भएको छ , म भेट्दछु एकिकृत माओबादीका कार्यकर्ता हरु
लाइ ।उनी हरु भन्ने गर्छन प्रचण्ड बाबुराम सिद्धीएको अनी विग्रीएको भन्ने
कुरा सहि होइन उनी हरु अझैपनि क्रान्तिकारी नै हुन । जसले मह काढ्छ उसले
हात चाट्छ त्यसैले स्वभावैले सत्तामा गइसकेपछि थोरै खानुपिउनु भनेको
सामान्य कुरा हो , जनताको हित र परिवर्तन , विकास भन्ने कुरा खाली जनता
भुलाउने ललीपप हरुमात्रै हुन । नेपालको इतिहाँसमा कसले भनेको गरिपुराएको छ र
, सवैहरु थोरै आफ्नो हित गर्छन अनि सत्ता बाट आउट हुन्छन ,अहिले सम्म
सत्तामा पुगेका राजनितीक पार्टी हरु जो कोही पनि भ्रष्टाचार र अनियमितता
बाट अलग र चोखो छैन । एकिकृत माओबादीका कार्यकर्ता हरु यो पनि भन्दछन की
भारत जो यस्तो शक्ति हो जसलाइ पुजा नगर्ने हो भने नेपाल पुरै ध्वस्त हुन्छ
। सुन देखी नुन सम्म लुटनिती देखी राजनिती सम्म भारत नेपालको श्रोत हो ,
यदी भारतले रिसाएर नाकाबन्दी गरिदियो भने भारतमा भएका ५० लाख नेपाली त
त्यसै खरानी हुन्छन , हुन्छन देशभित्र नेपाली हरु पनि पानी पिउन सुख नपाएर
मर्छन । त्यसकारण यो खाली राष्ट्रियता , राष्ट्रिय स्वाधिनताको नाममा
भारतलाइ रिस उठाउने कार्य गरिनु हुँदैन । हामी के त्याग गरेर भारतलाइ खुसी
बनाउन सकिन्छ त्यो काम गर्नुपर्छ । नुनको सोझो गर्नै पर्दछ , त्यसकारण
प्रचण्ड बाबुराम हरु जसरी भारतको पाउमा माथ राखेर सरकार लाइ निरन्तरता
दिइरहेका छन त्यो कुरा एकदम सही छ । राजनिती और कुटनिती भन्ने कुरा प्रचण्ड
बाबुराम जस्ता हरु बाट सिक्नुपर्छ । हो पाठक मित्र मैले एककृत माओबादीका
कार्यकर्ताहरुलाइ भेट्ने वेला उनी हरु यस्तै तर्कहरु गर्ने गर्दछन । विकास र
परिवर्तन भन्ने कुरा खाली सैद्धान्तिक कुरा हरुमात्र हुन , व्यवहारमा त्यो
हुनेवाला छैन, सत्तामा गएपछि अलीअली खानु भनेको ठिकै हो , नेपालका सवै
राजनितीक पार्टीहरु ले अली अली खाने संस्कार को विकास गर्दै आएको हुनाले
प्रचण्ड बाबुराम ले पनि थोरै खानु भनेको ठिकै हो , अव क्रान्ति को वाइघात
कुरा गरिनु हुन्न , भारत लाइ कुनैपनि किसीमले रिस उठ्ने क्रियाकलाप
गर्नुहँुदैन , उसँग मिल्नु नै धर्म हो र नुनको सोझो हो , यस्तै यस्तै तर्क
गर्ने एकिकृत माओबादी का कार्यकर्ताहरुलाइ तपाइ के भन्नु हुन्छ? कुन मानवको
कुोटीमा राख्नुहुन्छ? यो खालका प्रचण्ड बाबुराम का पुच्छरहरुलाइ तपाइ सचेत
र चेतनशिव मानव को कोटीमा राख्नु हुन्छ ? पाठक मित्रहरु म त यस्ता खालका
गलत भन्दा पनि गलत तर्क गर्ने प्रचण्ड बाबुराम का कार्यकर्ताहरुलाइ मगज
विग्रीएको मानिस हरुको सुचिमा राख्छु । तर वास्तविक मगज विग्रीएका होेइन की
उनी हरु जानाजान पनी मगज विग्रीएको जस्तो नाटक गरिरहेका छन । प्रचण्ड
बाबुराम का काला कर्तुत हरुलाइ खुलेआम देखीदेखी पनि , संसार ले थाहा पाउने
गरी प्रचण्ड बाबुराम ले क्रान्तिको हत्याको प्रयास गर्दा पनि उनी हरु
प्रचण्ड बाबुरामलाइ दुध ले नुहाइदिन पुग्दछन । यो अचम्मको कुरा हो कसरी
यस्तो भयो ? मान्छेहरु यसो गर्नुको कारण केहो ? तर अचम्म मान्नु पर्ने केही
छैन । मानिसहरु यसो गर्नुको कारण हो पद , मानिसहरु यसरी बौलाउनुको कारण हो
पैसा , यसरी हजाँरौ गलत भन्दा गलत तर्क गर्दै हिँड्नुको कारण हो लोभ लालच र
प्रतिष्ठा । हो आज प्रचण्ड बाबुराम हरुले सत्ता मा बसेर खोलामा माछा लाइ
पिठो छरिदिएको जस्तो आफ्ना निती र राजनितीक चेतना विहीन पुच्छरहरुलाइ पैसा
छरिदिएका छन । आफ्ना कुरा मन पराउने हरुलाइ पार्टीको सस्तो भन्दा सस्तो पद
छरिदिएका छन । अनि विना कौडीको प्रतिष्ठा छरिदिएका छन । जसरी भारतको नुनको
सोझो एकिकृत माओबादीले गरिरहेको छ त्यसैगरी प्रचण्ड बाबुराम को नुन थोरै
चाख्न पाएपछि उनीहरुको नुनको सोझो विचरा कार्यकर्ता हरुलाइ नगरी सुखै भएन ।
त्यसैले गन्धा नालीको किरा भन्दा पनि इज्जत सडाइसकेका प्रचण्ड बाबुराम
हरुको प्रशंसामा केही मानिसहरु लागीरहेका छन । आज उनीहरु व्यक्तिको क्षमता
हेरी हाम्रो पार्टीमा लाग तँलाइ कति पैसा चाहिन्छ भनिरहेका छन इमान्दार
मानिसहरुलाइ , कसैलाइ भनेका छन जागीर लगाइदिन्छु, कसैलाइ भनेका छन
श्रीमतीको जागिर लगाइदिन्छु , कसैलाइ भनेका छन इन्चार्ज सेक्रेटरी
बनाइदिन्छु , हो आज निती सिद्धान्त लाइ प्रचण्ड बाबुराम ले पोलेर खाएपछि
उनिहरुको राजनितीको तरिका भनेको यही रहेको छ । भन्छन उनीहरु शान्ती र
संविधान , संविधान सभाका आफै हत्या गर्ने प्रचण्ड ले फेरी संविधान को कुरा
गर्न कत्तिको सुँहाउँछ पाठक मित्र हरु आफै ख्याल गर्नुस । अनि जनअधिकारहरु
सुनिस्चित नहुँदै विद्रोह , लडाइ र युद्ध भइरहन्छ भन्ने संसारले बुझिसक्दा
पनि किन प्रचण्ड बाबुराम हरु शान्तीको कुरा गरिरहेका छन ? पाठक मित्र हरु
साँच्चै एकिकृत माओबादी नितीगत रुपमा ध्वस्त भइसक्यो उसँग इमान्दारीताको
नाममा फुटेको कौडी पनि वाँकी छैन , जनता सामु उ निती गत कुरा हरु लिएर जानै
सक्दैन । उसँग एउटा मात्र उपाए छ त्यो हो राज्य को ढुकुटी बाट क्यास
झिक्ने र क्यास बाँड्दै राजनितीलाइ अगाडी बढाँउदै गर्ने । यही विकल्पको
प्रयोग वर्तमान सन्दर्भमा एकिकृत माओबादी ले गरिरहँदा उसलाइ एकिकृत नेपाल
कम्युनिष्ट पार्टी माओबादी पनि के भन्ने क्यास माओबादी भनेकै सुँहाउछ ।
अहिले क्यास माओबादी सत्ता बाट ओर्लन पनि मानिरहेको छैन त्यसको मुख्य कारण
पनि क्यास नै हो , जुनदिन क्यास सिद्धिन्छ त्यसदिन क्यास माओबादीको राजनिती
पनि सिद्धिने छ । अहिले महाधिवेशनको तयारीमा जुटिरहेको क्यास माओबादी
क्यास कै आडमा महाधिवेशन सफल गर्ने योजना मा छ तर सरकार को आयु झनपछि झन
कमजोर बन्दै गइरहेको छ । अव तपाइ आफै विचार गर्नुस यस्तो तालले क्यास
माओबादीको राजनिती कहिले सम्म चल्छ ? इतिहाँसमै कलंकित क्यास माओबादीको
राजनिती ध्वस्त हुँदै गर्दा मलाइ पनि चिन्ता र दया लागेर आँउछ किनकी कुनै
जमानामा यही मक्कीइसकेको क्यास माओबादी पनि मेरो मातृ पार्टी थियो । ति
गद्धार हरु पनि मेरो नेता थिए , तर त्यस माओबादीमा खाली क्यास , पद ,
प्रतिष्ठा र लोभ लालच मा लागेर मात्र राजनिती गर्ने कार्यकर्ताहरु मात्र
छैनन र त्यसभित्र केही जनयुद्धमा ठुलो वलिदान व्यक्त गरेका र सर्वहाराहरुको
मुक्तिको युग साम्यबाद निर्माण गर्ने विचार भएका क्रान्तिकारी कामरेडहरु
पनि हुनूहुन्छ , उँहाहरु विभिन्न प्राविधिक कारणले उक्त पार्टीमा रहनुभएको छ
तर विचार चाँही नयाँ क्रान्तिकारी पार्टी नेकपा–माओबादी तिरै राख्नुभएको छ
। क्यास माओबादी को राजनिती सिद्धिदै गर्दा र माओबादीका नेता कार्यकर्ता
सिद्धिदै गर्दा मलाइ ति क्रान्तिकारी कामरेडहरुको पनि चिन्ता लाग्ने गर्दछ
। विगतका अरु संसोधनबादी , अवसरबादी र जनघाति राजनितीक पार्टी हरु जसको
केही नेता हरु मात्र दलाल बन्ने गर्दथे , केही ले मात्र भ्रष्टाचार गर्ने
काम गर्थे, सिंगै नेतृत्व चाँही त्यस्तो खालको ठुलो गद्धारीमा समावेश
हुँदैनथ्यो त्यसकारण अरु राजनितीक पार्टीहरु को अस्तित्व धेरथोर नेपालमा
रहेको छ । र जसका पछाडी केही जनसमुदाय हरु पनि रहेका छन । तर क्यास माओबादी
जसका मुख्य टाउको हरु प्रचण्ड बाबुराम नै गलत लाइनमा सहभागी भए ,
भ्रष्टाचार मा पनि उनी हरु सहभागी भए , भारत सँग युद्धकालमै आत्मसमर्पण
गर्न पनि उनी हरु नै सहभागी भए , बिप्पा सम्झौता गर्न पनि उनीहरुनै सहभागी
भए , जनमुक्ति सेनाको विर्सजन गर्न पनि उनीहरुनै सहभागी भए , भारत
सक्तिकेन्द्र हुँदै नेपाल राजनिती गर्र्ने मधेशी राजनितीक पार्टीहरु सँग
गठबन्धनमा पनि उनीहरुनै सहभागी भए , सुकुम्बासी बस्तीमा डोजर चलाउन पनि
उनीहरुनै सहभागी भए , भारतलाइ एयरपोर्ट वेच्न पनि उनीहरु आफै सहभागी भए ,
कोषी बाँध , सुपुर्दुगी सन्धी , अपर कर्णाली जस्ता राष्ट्रघाति सन्धी
सम्झौता गर्न पनि उनीहरु आफै सहभागी भए र जनसेनाको नाममा अरवौँ
भ्रष्टाचारमा पनि आफै सहभागी भए । इत्यादी इत्यादी अझ थुप्रै जनघाति काम
हरुमा उनीहरु आफै सहभागी भए । अन्तत संसारकै इतिहाँसमा नवसंसोधनबाद,
अवसरबाद र आत्मसमर्पणबाद को कालो यात्रा सुरु गरेर नेपाली क्रान्तिकारी
आन्दोलन र जनयुद्धको हत्या गर्न प्रयास गर्ने काममा प्रचण्ड बाबुराम नै
सहभागी भए । १५ हजार को रगतमा होली खेलेर अहिले संसदिय पोखरी मा प्रचण्ड
बाबुराम हरु नुहाइरहँदा क्यास माओबादीको भविष्य के हुन्छ ? भनेर सर्वत्र
प्रश्न हरु उठिरहेका छन । यि प्रश्न हरुको चित्तबुझ्दो जवाफ चाहिएको छ ,
हामी दिलदिमाग देखी नै भन्दा अव क्यास माओबादीको राजनिती जरुर सिद्धिँदै छ ,
जव सरकार का काल आउने छ तव क्यास माओबादीको पनि कालको सुरु हुनेछ त्यस्तै
जव निर्वाचन आउने छ क्यास माओबादी लाइ काल ले झन च्याप्ने छ । जनताले
क्यास माओबादीका गाँउ जाने नेताहरुलाइ जुत्ताको माला र मोसोको साथमा
अभिनन्दन गर्दै दौडन पठाउने छन । जनताले सोध्ने छन केके हुन रे हिँजो का
प्रतिवद्धता हरु ? अनि यि प्रतिवद्धता हरु पुरा गरेको खोइ ? अनी क्यास
माओबादीका नेतामित्र हरु यि प्रश्नको उत्तर दिन नसक्ने अवस्थामा पुग्नु
हुनेछ र जनताले सुरु गर्नेछन चिरेको दाउरा प्रहार अनी प्रतिवाद । क्यास
माओबादी ले परिचालन गरेका झुत्रेझाम्रे मुन्द्रे जगल्टे हरु सँग पनि जनता
प्रतिवाद मा उत्रने छन । अनि जसो तसो निर्वाचन सकिएपछि अझ झन ठुलो काल
आउनेछ नतिजामा क्यास माओबादी लाइ जनताले नगण्य मात्रामा भोट खसाल्ने छन ।
अनि क्यास माओबादी का प्रचण्ड बाबुराम हरुको हालत पुराना गफाडी तथा
संसोधनबादी नेता मोहनविक्रम सिँह , सिपी मैनाली , कमल थापा र ज्ञानेन्द्र
शाहको हालतमा पुग्नेछन र यदि लाज सरम बाँकी रहेमा राजनितीबाट सन्यासी लिने
छन होइन भने कोही जेल र कोही कोठामा बसेर पत्रिकामा लेख लेख्दै बुढेसकाल
धान्नेछन । वास्तव मा नेपालमा अहिले सामन्तबादको नाइके संस्था राजतन्त्रको
जस्तो हालत भयो क्यास माओबादी र प्रचण्ड बाबुराम को पनि त्यही हालत हुनेछ ।
त्यसकारण म क्यास माओबादी मा लाग्नु भएका क्रान्तिकारी कामरेडहरु लाइ
विनम्रता पुर्वक अनुरोध गर्न चाहन्छु गद्धार र दलाल भनेका प्रचण्ड बाबुराम
हरु हुन तपाइहरु होइन । विचारको समर्थन जता पनि गर्न स्वतन्त्रता हुन्छ ,
त्यता समर्थन गर्नुभो केही विग्रीएको छैन । आउनुहोस नेपाली सर्वहारा जनताको
मुक्तिगर्ने र साम्यबाद सम्म पुग्ने यो महासंग्रामी लक्ष्यमा तपाइहामी
सँगै फेरी पनि हातेमालो गरौँ किनकी हिँजो पनि हामी सँगै लड्यौ र आज पनि
सँगै लडौँ । विज्ञान लाइ कसैले पनि तोडमरोड गर्न सक्दैन त्यसकारण साम्यबाद र
सर्वहाराको मुक्ति जो अनिवार्य छ त्यसकारण माक्र्सबाद–लेनिनबाद–माओबाद लाइ
अझै गहिरिएर अध्ययन गरौँ र व्यवहारमा त्यसलाइ लागु गरौँ । यो भन्दा अझ
ठुला नव संसोधनबादी हरु पनि जन्मिन सक्छन र उनीहरु सँगपनि हामी फाइट
गर्नुपर्ने छ र अन्तत यो युगले मानवजाती लाइ सुम्पिदिएको महान लक्ष्यमा
हामी जसरी भएपनि पुग्नु पर्नेछ । अन्तमा पाठक मित्र हरु तपाइहरुले पनि
मुल्यांकन र विश्लेषण गर्नु होस अव के हुने छ क्यास माओबादीको हालत ?
sonukumarsun2@gmail.com
0 comments: