अवरुद्ध कम्युनिष्ट आन्दोलन – रुस , चिन र नेपाल

सोनु कुमार सुनार

रुस र चिन
 हामीलाइ थाहा भएको कुरा हो की महान लेनिन को नेतृत्वमा वोल्सेविक पार्टीले सन १९१७ मा रुसमा अक्टुवर क्रान्ति सम्पन्न गरेको थियो । त्यो क्रान्ति वास्तवमै अपुर्व र युगान्तकारी घटना थियो । त्यसले मानवजातीको इतिहाँसमा नयाँ युग आरम्भ अर्थात सर्वहारा क्रान्तिको युगको आरम्भ गरेको थियो । रुस नै त्यस्तो पहिलो समाजबादी मुलूक बन्यो जँहा समाजबाद निर्माणको प्रक्रियालाइ व्यवस्थीत रुपमा अघि बढाइयो र सर्वहारा वर्गको अधिनायकत्वलाइ सुदृढ गर्ने दिशातिर पाइला चालियो । यसले विश्व कम्युनिष्ट आन्दोलन लाइ अघि बढाउन , साम्राज्यबादको शोषण , उत्पीडनमा परेका राष्ट्रहरुको मुक्ति संघर्षलाइ वल प्रदान गर्न र हरेक देशको प्रतिक्रियाबादलाइ कमजोर पार्न अत्यन्त सक्रिय भुमिका निर्वाह गर्यो । लेनिनको विशेषता के थियो भने उनले क्रान्ति र क्रान्तिपछिका दिनमा क्रान्तिका उपलव्धीहरुलाइ जोगाउने बारे कार्ल माक्र्स ,एंगेल्स ले प्रतिपादन गरेका सिद्धान्तमा आधारित रहेर कैयौँ निती र विचारहरु थपेका छन । त्यसैले विश्व कम्युनिष्ट आन्दोलन लाइ उनको विचार सँग पनि जोडेर माक्र्सबाद–लेनिनबाद भन्न थालियो । महान लेनिनको निधन पछि रुसी वोल्सेविक पार्टीको कमान कं स्टालीन ले सम्हाले । उनले कठिन परिस्थीतीमा समाजबाद निर्माणको अभियानलाइ डोर्याए । उनले ट्राटस्कीपन्थी र वुखारिनपन्थी हरुको गुट विरुद्ध दृढता पुर्वक संघर्ष गरेर लेनिनबादी सिद्धान्तको पनि रक्षा गरे । उनकै नेतृत्वमा वोल्सेविक पार्टी र सोभियत संघका जनताले जर्मन फासिज्मलाइ हराइयो र विश्वलाइ नै फासिज्मको क्रुरताबाट बचाइयो ।
    कमरेड स्टालिनको निधन सन १९५३ मा भयो । खुस्चेभ सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा आए । उनले पार्टी र राज्यमा आफ्नो निर्णायक नियन्त्रण कायम गरीसकेपछि सन १९५६ मा भएको पार्टीको २० औँ महाधिवेशनमा संसोधनबादी लाइन ल्याए । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाइ गम्भीर विचलन तर्फ हिँडायो ।
   कं माओत्सेतुङको नेतृत्वमा चिनीया कम्युनिष्ट पार्टीले खुस्चेभी संसोधनबाद विरोधी संघर्षको झण्डा उठायो । हामी त्यसलाइ महान बहस भनेर जान्दछौँ  । त्यसबाट विश्व कम्युनिष्ट आन्दोलनको रक्षामा ठुलो भरथेग भएको थियो । तर भयो के भने माओको निधन पछि चिनीया कम्युनिष्ट पार्टीको कमान तेङ सियाओ पिङ को नेतृत्वमा संसोधनबादीहरुले पक्रे र चिनले पनि संसोधनबादी बाटो पक्रियो ।

     उता सोभियत संघको कम्युनिष्ट पार्टीको नेतृत्वमा खुस्चेभ पछि व्रेज्नेभ आए जसले सोभियत सँगलाइ सामाजिक साम्राज्यबादी महाशक्ति का रुपमा विश्व प्रभुत्व को होडमा उँभ्याए र संसोधनबादी वुर्जुवा वर्गको सामाजिक फासिस्ट तानाशाही चलाए । त्यसपछि सन १९८५ मा गोर्वाचोभको पदार्पण भयो । उनले खुस्चोभदेखीको संसोधनबादी लाइनका कारण पार्टी र सोभियत संघभित्र थुप्रिएको समस्या हल गर्ने सुधार कार्यक्रमको नाममा पेरेस्त्रोइका र ग्लासनोष्ट निती अघि सारे । उनको यो सुधार कार्यक्रमले सोभियत संघलाइ पुँजीबादको पुनस्थापना  गर्ने दिशामा जान थप बल प्रदान गर्यो । त्यो कार्यक्रम आएपछि संसारभरका साम्राज्यबादीहरु र प्रतिक्रियाबादीहरुले गोर्वाचोभको खुलेर प्रशंसा गरे र उनलाइ सहयोग गरे । साम्राज्यबादीहरुले लामो समयदेखी सोभियत संघको कम्युनिष्ट पार्टीको झण्डालाइ उखेल्ने र सोभियत संघलाइ पनि तहसनहस पार्ने जुन षडयन्त्र गर्दै आएका थिए त्यो पुरा भयो । सन १९९१ मा सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिवन्धीत भयो र १४ वटा गणराज्य मिली बनेको सोभियत संघ विघटन भयो । ति विघटित गणतन्त्रहरुमा पुँजीबाद लागु भयो । सन १९५६ देखी खुस्चोभ बाट संसोधनबादी(दक्षिणपन्थी,अवसरबादी) यात्रा १९९१ मा गोर्वाचोभले सोभियत संघको विघटन र ति गणतन्त्र हरुमा पुँजीबाद लागु गरेपछि पुरा भएको थियो ।
गोर्वाचोभको सुधार कार्यक्रम को प्रवाहले पुर्वी युरोप का देशहरुलाइ सोभियत संघ ढल्नुभन्दा पहिले नै सिद्धायो । ति देशहरुमा पुँजीबादी सत्ता स्थापना भए । पुर्वी युरोपका देशहरुमा पुँजीबाद त्यति सजीलै लागु हुनूको कारण मुलत तिन कारण थिए । एक , दोस्रो विश्वयुद्ध ताका जर्मन फासिष्टहरुलाइ सोभियत संघका सेनाहरुले  लखेट्ने क्रममा ती देशहरुमा सर्वहारा सत्ता कायम गरिएका थिए । त्यसैले ति देशका शासकहरुमा परेको सोभियत संघ को राजनितीक प्रभाव का कारण उनीहरु रुसमाथी भर पर्न थाले ।
दुइ , वार्सा सैनिक संगठन र पारस्परिक आर्थिक सहायता परिषद को गठन देखी रुसी निर्भरता झनै बढेर गयो । गोर्वाचोभको कार्यकालमा सोभियत संघको आर्थिक अवस्था संकटग्रस्त भएकाले पुर्वी युरोपमा दिइएको आर्थिक सहायता बन्द गरियो । ति देशहरुबाट सोभियत सेना समेत फिर्ता गरियो । गोर्वाचोभले वार्सा सैनिक संगठनलाइ १ जुलाइ १९९१ र पारस्परिक आर्थिक सहायता परिषदलाइ २८ जुन १९९१ मा विघटन नै गरिदिए । यसले पुर्वी युरोपका शासकहरुलाइ गम्भीर धक्का दियो । तिन,सोभियत संघको छातामुनी बस्ने क्रममा ति देशका शासक पार्टीहरु खुस्चेभको संसोधनबादी लाइन को पछि लागे र अन्त्यमा गोर्वाचोभको कथित सुधारबादी कार्यक्रमको प्रवाहमा बगे ।
नेपालमा कम्युनिष्ट आन्दोलन
नेपाल कम्युनिष्ट पार्टीको स्थापना सन १४४९ मा भएको थियो । पार्टीको प्रथम महाधिवेशन (सन १९५१) ले नयाँ जनबादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशन ले संसोधनबादी लाइन पक्रेपछि पार्टी गुट र उपगुटमा विभाजन भयो । त्यसमध्य झापाली समुहले सन १९७२ मा वर्ग सत्रु खतम गर्न गुरिल्ला संघर्षको थालनी गरेको थियो । दक्षिणपन्थी संसोधनबाद विरुद्धको संघर्षको नाममा त्यसमा उग्रवामपन्थी भड्काउ देखापर्न गयो । त्यसपछि छिट्टै दक्षिणपन्थी बाटो समात्यो , त्यो धार अहिले नेकपा एमालेको नाममा क्रियाशिल छ । जसले सर्वहारा वर्गको अधिनायकत्वको विरोध गर्छ र दक्षिणपन्थी अवसरबादमा पतन भइसकेको छ ।
सन १९९६ पश्चात नेकपा(माओबादी) ले शसस्त्र जनयुद्धको सुरुवात गर्यो । त्यो महान जनयुद्ध १० बर्ष सम्म चल्यो । सन २००६ को जनआन्दोलन मा संसदबादी दलहरु सँग १२ बुँदे घातक राष्ट्रघाती सम्झौता पश्चात सो पार्टीले दक्षिणपन्थी दिशा समात्यो । त्यसले पनि सर्वहारा वर्गको नेतृत्व अस्विकार गरेको छ र त्यसको विकल्पमा बहुदलिय प्रतिस्पर्धा को निती लिएको छ । बर्तमान समयमा एकिकृत नेकपा माओबादी को नाममा रहेको उक्त पार्टी नवसंसोधनबाद मा पतन भइसकेपछि विश्वकम्युनिष्ट आन्दोलनमै प्रभाव पार्ने गरी नयाँ क्रान्तिकारी नेपालमा कं मोहन किरण को नेतृत्वमा जन्मीएको छ । बर्तमान समयमा माक्र्सबाद–लेनिनबाद–माओबाद को आलोकमा नेकपा–माओबादी मात्रै नेपाल मा कम्युनिष्ट पार्टीको रुपमा देखिन्छ । अवरुद्ध कम्युनिष्ट आन्दोलनलाइ यही पार्टीले मात्रै अगाडी लानसक्ने देखिन्छ । करोडौँ नेपाली जनताको भरोसा पनि यही पार्टी माथी रहेको छ ।

0 comments: