बाबुराम सरकार र कालो झण्डा

सोनु कुमार सुनार

 (दृष्टिकोण)- नेपालको संसदीय राजनीतिमा थुप्रै राजनीतिक पार्टीका दलालहरुले सरकार बनाए र जनतालाइ सास्ती दिनु सम्म दिए । देश र जनताको हितमा काम गर्ने सवालमा सवै सरकारहरु ले केहीपनी उपलब्धी मुलक काम गर्न सकेनन । तर प्रत्यक सरकारले जनतालाइ दुख दिने काम मा बडो राम्रो अंक पाउन सफल भएका छन ।

कसैले मस्त भ्रष्टाचार गरेर नाम कमाए, कसैले नदिनाला बेचेर नाम कमाए, कसैले अपराधीहरुलाइ मन्त्री बनाएर नाम कमाए, कसै पार्टीले त झन जनताबाट कलंकीट व्यक्तिलाइ सरकारको नेतृत्व गर्न लगाएर पनि नाम कमाए । नाम कमाउनेहरुकै भिडमा अहिले सवैभन्दा प्रथम नाम कमाउने सरकारको रुपमा चिनिएको छ डाक्टर बाबुराम भटटराईको सरकार ।
जो संबिधानसभाको मृत्यु पश्चात काम चलाउको सरकार को रुपमा रुपान्तरण भएको छ । तर अहिले यो काम चलाउ सरकारले अध्यादेश मार्फत देश चलाउने दुष्साहस अहिले गरिरहेको छ । बाबुरामको सरकार बन्ने समयमा नेपाली जनताले बाबुरामलाइ चिनेकै थिएनन । उनी जनतामाझ लगाउनु भर गफ लगाएर चर्चामा आएका थिए ।
जनताले पनी यति धेरै गफहरु गरिरहँदा सवै गर्न नसकेपनी बाबुरामले केही न केही त गर्ला भन्ने कुरा आँकलन गरेका थिए । सस्तो लोकप्रियता कमाउनको लागी प्रधानमन्त्री भइसकेपछि उनले गर्नुभर नाटक गरे । सुरुमै मुस्ताङ गाडी चढेर उनी चर्चामा आए, तर नितीको पछाडी लाग्नेहरुलाइ कसले गाडी चढ्यो, कसले साइकल चढ्यो, अनी कसले कमिज लगायो, कसले कोट लगायो भन्ने बारेमा केही पनी स्वाद हुँदैन तर वुद्धि विग्रेका नेपालीहरुको दिमाग चाट्नको लागी बाबुरामले त्यसो गरेका थिएनन ।
उनी साँच्चै राष्ट्रबादी र मितव्ययी हुन की होइनन भन्ने कुरा पछि पुष्टि भयो । सरकार बनाउने वेलामै प्रचण्ड बाबुरामले मधेशीहरु संग राष्ट्रघाती सम्झौता गरे । त्यतिखेरबाट सरकारको बास्तवीक अनुहार देखिन सुरु गरेको थियो । प्रचण्ड बाबुराम ले मधेशीहरु संग अरु पनी झिना मसिना सम्झौताहरु पनी गरेका थिए जो जनताको विरुद्धमा थियो तर सवैभन्दा गलत सम्झौता यो गरेका थिए की मधेश आन्दोलनका नाममा गुण्डागर्दी गरेका १० हजारहरुलाई नेपाली सेनामा सामुहीक प्रवेश, यो अत्यन्त गलत थियो । विरोधकै विचबाट सरकार गठन गरे बाबुरामले, अनी मन्त्री मण्डल विस्तारकै क्रममा उनी फेरी बौलाए । उनले नेपालकै इतिहाँसमा भेडाबाख्रा सरी मन्त्री हरुको गोठ खडा गरे ।
उनी सधै शान्ति, संबिधान र सुशासनको गफ लगाउने गरिरहँदा उनले सरकार मा हत्यारा र दलालहरु लाइ पनी मन्त्री बनाएका रहेछन । पछि ती मन्त्रीहरु जेल जाँदा नेपाली जनता झन दंग परे, सरकार नेपालको इतिहाँसमै गद्धार सरकार को रुपमा परिणत हुने घटनाक्रमहरु जारी रहीराखे । नेपालमा सामन्तबादको जरा उखेल्नको लागी दशबर्षे शसस्त्र जनयुद्ध लडेका विर नेपाली जनताका जनमुक्ति सेना हरुलाइ एमाले काँग्रेस लगायतका नेपालका जनविरोधी राजनितीक पार्टिहरु ले सिद्धाउनको लागी गर्नु षडयन्त्र गरिरहँदा कमरेड बाबुरामले त्यो कदमलाइ समर्थन गर्दै एमाले कांग्रेस सँग मोर्चाबन्दी को शैलीमा हात मिलाएका थिए ।
बाबुरामलाई भनिन्थ्यो भारतको दलाल तर त्यो बोलाइमा मात्र सिमीत थियो, तर जव उनी भारतका खुद दलाल मधेशीहरु लाइ समावेश गरेर सरकार को नेतृत्व गरे तव उनी भारतको बास्तविक दलाल रहेछन भन्ने कुरा प्रमाणित भयो । प्रमाणित कसरी भयो भन्दा उनले नेपाली जनताको विरोध को विचबाट, नेपालका राजनितीक पार्टिहरुको विरोधको विचबाट र पार्टि भित्रैको गम्भीर असहमती को विचबाट नेपालमा रहेका लगानीकर्ताहरुलाइ बाइपास गरेर भारतिय पुँजीपति दलालहरुलाई नेपाल चुस्न को लागी आमन्त्रण गर्दै उनले भारतमा गएर विप्पा सम्झौता गरे ।
उनले गरेको त्यो सम्झौता कुनैपनी हालतमा नेपाली जनताको हितमा थिएन, सम्झौता मा यदि नेपालमा बन्द हडताल र आन्दोलनको कारण उद्योग बन्द भएमा त्यसको क्षतिपुर्ति नेपाल सरकारले तिर्नुपर्ने कुरा राखिएको थियो । त्यो मानेमा बाबुराम सरकारले नेपालकै सामन्तबादीहरुले समेत गर्न नसकेको किसान मजदुर हरुको आन्दोलन गर्न पाउने अधिकार माथी धावा बोल्ने काम गर्न पुग्यो ।
अर्का घातक भनेको देशभित्र रहेका लगानीकर्ताहरुको घाँती निमोठ्ने काम गर्न पुग्यो । नेपाली जनताको विरुद्धमा आफ्ना कामहरु अगाडी बढाइरहेकै वेलामा प्रचण्ड र सरकार को सक्रियतामा नेपाली जनताका विर जनमुक्ति सेनाको विघटन गरियो । एकातिर देश भित्र जनविरोधी शक्तिहरु मौलाइरहको अवस्था र अर्को तिर सरकारले जनविरोधी कामहरुलाइ अगाडी बढाउने कार्य जारी राख्यो । संबिधान निर्माणको क्रममा देशमा जनबादी र प्रतिगामी शक्ति विचमा निरन्तर लडाइ जारी रहिरहेको थियो । नेपालमा चलेको यो संघर्षबाट कोही पनी सफल हुन सकेन । नत जनविरोधीहरु सफल भए नत जनबादी शक्ति नै सफल भयो, डाक्टर बाबुराम भटट्राइको सरकारले नेपालमा प्रतिगामी हरुलाइ चलखेल गर्नको लागी ठुलो बाताबरण सिर्जना गरिदियो । संबिधान निर्माण हुन नसकेपछि र नेपालका राजनितीक पार्टिहरु विच अन्तीम घडीमा छलफल भइरहेको वेलामा बाबुराम सरकारले एक्कासी गैर संवैधानिक तरिकाले संबिधानसभाको हत्या गर्न पुग्यो । जसले गर्दा नालायक सरकार ले यो देशलाइ संवैधानीक संकटको मुखमा धकेल्न पुग्यो । अहिले सरकार कामचलाउ हैसियतमा छ तर उसले अझै पनि जनविरोधी कामहरु गर्न छाडेको छैन । केही समय अगाडी नेपालको विमानस्थल भारतलाइ दिने जस्तो राष्ट्रघाती कदम सरकारले चाल्न खोजेको थियो ।
आज बाबुरामको सरकारले जनविरोधी र नालायक काम हरु गर्दा गर्दा उसले आफ्नो सामान्य नैतिकता पनी विर्सिएको छ । नेपाली संसदिय राजनितीमा सत्तामा पुगेका राजनितीक पार्टीका नेताह्रुले आफुलाई सात पुस्ता सम्म पुग्ने सम्पत्ति कमाइसकेका छन । उनीहरु विलासिता र मोजमस्तीको जिवन वाँचीरहेका छन ।
उनीहरुलाई पैसाको कुनै कमी छैन , त्यही आडमा उनीहरुले पैसा तिरेर गुण्डाहरुलाइ पालेका छन र नेपाली राजनितीलाइ अपराधीकरण गर्न खोजेका छन । तर अर्का तर्फ नेपाली जनताको हालत हेर्ने हो भने अत्यन्त नाजुक अवस्थामा छ। आज जनताहरु एउटा सिटामोलको चक्की समेत खान पाइरहेका छैनन । गरिव, दलित, सुकुम्बासी,राउटे , भरिया , कमैया र मधेशी जस्ता पिछडिएका जनसमुदायमा आज के खाएर दिन काट्ने भन्ने विषयमा गम्भीर समस्या उत्पन्न भएको छ ।
उनीहरु तर्फ यो नालायक सरकारको रत्तिभरपनी दया माया छैन , बरु छाप्रो हालेर बसेको सुकुम्बासी बस्तीमा यो सरकारले डोजर चलाउन निर्देशन दिने गरेको छ । जनताका समस्याहरु कँहा छन त्यसलाइ अँध्यारोमा लाइट लगाएर हेर्न पर्ने अवस्था सिर्जना भएको छ । तर कामचलाउ सरकार जनविरोधी काम गर्न लाइ अझै पनी पछाडी हटेको छैन । भर्खरैमात्र माथी उल्लेख गरिएका नेपालमा पहिला मन्त्री , न्यायधिश बनेर सातपुस्ता सम्मलाइ पैसा कमाएका राजनितीक दलालहरुलाइ सरकारले अध्यादेश मार्फत आजीवन गाडी , इन्धन र जाँडपानीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
यही विषयलाई लिएर नेपाली जनता फेरी एकचोटी आतंकित बनेका छन , सरकार लाइ सोधी रहेका छन अहिले सम्म प्रधानमन्त्री , गृहमन्त्री , न्यायधिश भएका हरुलाइ आजीवन मोजमस्ती मा डुवाउनको लागी नेपाली संग कुन माइकालाल ले राख्न दिएको ऋण छ ? अनी खान नपाएकाहरुलाइ दिन छाडेर आजीवन पुग्ने गरी पैसा कमाएका राजनितीक नेताहरुलाइ किन पैसा दिनुपर्ने रु अझ हेर्दै जाँउ अव यो कामचलाउ सरकारले यसै गरी अध्यादेश मार्फत गैरकानुनी रुपमा कति बदमासीहरु गर्नेछ रु नेपालको संसदीय राजनितीको इतिहाँसमा थुप्रै राजनितीक पार्टिहरुले र त्यसका नेताहरुले नेपाली जनतासामु बदमासी गरेका छन । नेपाली जनता हरुले आज सम्म थुप्रै बदमासीहरु भोगीसकेका छन, नेपालको संसदिय राजनितीको यो रंगमञ्चमा मञ्चन गरिएका थुप्रै नाटकहरु नेपाली जनताले हेरिसकेका छन ।
संसदिय कुव्यवस्थाको सवैभन्दा खतरनाक जत्थाको नेतृत्व अहिलको सरकारले गरिरहेको छ । तर यो सरकार यो संसदिय राजनितीको इतिहाँसकै अन्तीम सरकार हो । अव जनताले यस्तो संसदिय कालो व्यवस्था मान्ने वाला छैनन । जनताले यो संसदिय व्यवस्थाको विरुद्धमा कालो झण्डा देखाउन सुरु गरेको लामो समय भइसकेको छ । यतिखेर यो नालायक सरकारको विरुद्धमा नेपाली जनताहरु उत्रिएका छन , भने अर्को तर्फ नेपाली प्रतिक्रियाबादीहरु पनी यो सरकारको विरुद्धमा उँभिएका छन । प्रतिक्रियाबादीहरु सत्ताको लागी विरोधमा उत्रिएका छन तर भर्खरै बनेको नयाँ क्रान्तिकारी पार्टि सत्ता को लागी नभएर यो कालो संसदिय व्यवस्थाकै अन्त्य को लागी नेपाली जनताको साथ लिएर संघर्षमा उत्रिएको छ । यतिखेर एमाले कांग्रेसले देखएको कालो झण्डाको भ्रममा नपरी सिँगो संसदिय कालो व्यवस्थाकै विरुद्धमा संघर्षमा उत्रिएको नेकपा–माओबादीको क्रान्तिकारी झण्डा मुनी सवै नेपाली जनताहरु र हामी सवै गोलबन्द हुनु जरुरी छ । एमाले कांगे्रसहरु सत्तामा जानको लागी विरोधमा छन तर नेकपा– माओबादी ले सिंगो संसदिय व्यवस्था अन्त्यको लागी यति खेर कालो झण्डा देखाएको छ ।


0 comments: