के प्रचण्ड बाबुराम मान्छे हुन ?

सोनु कुमार सुनार
Add caption
    नेपालबाट सामन्तबादको जरो उखेल्नको लागी र नेपाली जनताको राज्यसत्ता स्थापनाको लागी तत्कालीन समयमा नेपालमा चलेको दशबर्षे शसस्त्र जनक्रान्तिमा आँखामा छर्रा को छिट्को लागेर आखा गुमाएको एकजना पुर्व जनमुक्ति सेना सँग मेरो अकस्मात भेट भयो । हुनत दशबर्षे जनक्रान्तिको वेला मेरो उमेर धेरै सानो थियो र उसँग मेरो सम्बन्ध त्यति घनिष्ठ थिएन । तर छिमेकी गाँउको भएकाले र शान्ती प्रक्रिया पछि म पनि राजनितीमा हल्का हल्का संलग्न भएकाले उसको र मेरो चिनजान राम्रै सँग थियो । खासमा उ आफ्नो युद्धकालमा फुटेको आँखा मानिसहरुले हेर्दा अलि अस्वभाविक देखिने भएको ले बजार तिर कलरचेन्ज कालो चस्मा बनाउनको लागी आएको रहेछ । घर फर्किनुअघि मसँग भेट्न भनेर उ मेरो कोठा पत्ता लगाएर मलाइ भेट्न पुग्यो ।

कोठामा त्यसदिन म हरेक दिनजस्तै पत्रपत्रिका र वि.पि कोइराला , बालकृष्ण सम , पारिजात लगायतले लेखेका उपन्यासहरु कुन पहिला पढ्ने भनेर ध्यानमग्न थिएँ । मेरो निर्णय थियो त्यसदिन मैले वि.पी कोइराला ले लेखेको हिटलर र यहुदी भन्ने उपन्यास अध्ययन सुरु गर्छु । उक्त उपन्यासको सुरुमा साझा प्रकाशनले लेखेको मन्तव्य थोरै पढ्न सुरु गरेको थिएँ । उपन्यासको  सुरुको मन्तव्यमा लेखिएको थियो “बि.पी कोइराला जो नेपाली वाङ्मय जगतमा अमर नाम हो , उहाँले राजनितीमा एकप्रकार को दर्शन बोकेको भएपनी उँहाले सधै साहित्यलाइ राजनितीभन्दा पर र उच्च स्थानमा राख्नुभयो । उँहाले लेखेका उपन्यासहरु विशेषगरी यौन मनोविज्ञान संग सम्बन्धीत छ , वि.पी कोइराला ले मानव मष्तिष्कमा आउन सक्ने सवै विचारहरुलाइ सरल तवर बाट मनोवैज्ञानिक विश्लेषण गरी कृति हरुमा समावेश गर्नुभएको छ । राजनितीमा पनी उँहा त्यस जमाना मा कांग्रेस पार्टिको स्थापनामा लागेतापनी कम्युनिष्टहरुले गर्ने कामको सुरुवात उँहाले गर्नुभएको थियो .....................”यस्तै थिए साझा प्रकाशन ले लेखेको मन्तव्यमा , अव मन्तव्य पढ्न छाडेर सिधै १ नम्बर पेजमा जान्छु भन्ने तवर १ नम्बर पेज पल्टाउनै लागेको थिँए त्यहीबेला ढोकाबाट एक्कासी कमरेड सलाम ! भन्ने आवाज आयो । म ओछ्यानमा पल्टिएर उपन्यास पढिरहेको थिएँ एक्कासी जुरुक्क उठेर सतर्क भएँ र लालसलाम फर्काउँदै भित्र आउनको लागी आव्हान गरेँ साथीलाइ । आवाज मार्फत त चिनेचिने जस्तो त लागेको थियो तर त्यति ख्याल गर्न सकिरहेको थिएन  उ जव भित्र पस्यो म एक्कासी झस्कीँए ! ओ हो कामरेड कँहाबाट एत्तिका बर्ष पछाडी ? म आस्चर्यचकित हुँदै उसलाइ प्रश्न सोधेँ । उ निकै भावुक हुँदै मेरो प्रश्न को उत्तर दियो र भन्यो कामरेड म त भरखरै पार्टिले सेना विसर्जन गरेपछि स्वेच्छिक अवकास लिएर घरतिर आएको ।

आज तपाइ सँग पुरानो जनयुद्ध मा लाग्नुभएका बरिष्ठ कामरेड लाइ भेट गराउन ल्याएको । उँहाले तपाइको लेख हरु खुव हेर्नुहुँदो रहेछ , अनी तपाइ सँग बसेर केही कुराकानी गर्ने विचार गर्नुभएको थियो त्यसैले कमरेड क्रान्तिलाइ लिएर मत तपाइ कँहा आएको । उसले कमरेड क्रान्तिको नाम लिने वित्तिकै म उत्साहित भएँ र सम्झीँए उही हिँजो को हाम्रो जनमिलीसियाको कमाण्डर कमरेड क्रान्ति ,उ हिँजो गाँउमा हामीलाइ राजनिती सिकाउने दरिलो युवा नेतृत्व थियो । पार्टिमा उ सेनामा पनी गयो तर पछि पार्टिले सेना बाट निकालेर संगठनमा काम गर्न भनेर पठाएको थियो । उसको दाहिने हातमा गोली लागेको थियो र हात पनी सुकेको थियो । पुर्व जनमुक्ति सेना को साथी र मैले कमरेड क्रान्तिको बारेमा कुरा गरिरहँदा उ हामीकँहा आइपुग्यो । कमरेड क्रान्ति हिँजो युद्धको वेला त ठ्याक्कै बाघजस्तो थियो तर आज हेर्दा उ वयस्क भइसकेको , दुब्लो , दाह्री पालेको , एउटा हात सुकेर दाउरा परेको र निन्याउरो अनुहारमा थियो । कं क्रान्तिको त्यो हालत देखेर म एकछिन भावविह्वल हुन पुँगे , उसले आउँदा आउँदै जोसको साथमा कमरेड सलाम भनेको ले म धेरैबेर भावनामा डुव्न सकिन र तत्काल कमरेड क्रान्ति को सलाम फर्काएँ । उ भित्र पस्ने वित्तिकै म र उ हामी दुवैको आँखा मा एक्कासी आँसु आयो । मैले रुन्चे स्वरमा भने कमरेड क्रान्ति तपाइको यो हाल कसरी ? शरिर के बनाउनुभएको यस्तो ? उसले आँसु पुछ्दै भन्यो कमरेड के गर्ने यो त दशबर्षे गौरवपुर्ण महान क्रान्ति ले दिएको उपहार हो त्यसकारण म यही डाङग्रा जस्तो शरिरलाइ नै सर्वश्रेष्ठ ठान्दछु । उसको त्यो जवाफ प्रति म सन्तोष थिँए । कमरेड क्रान्ति ले भन्यो हेर्नुस मैले जनक्रान्ति र जनविद्रोहको पक्षमा तपाइले लेख्ने गरेको थुप्रै लेखहरु पढ्ने गरेको छु । तपाइ को विचार प्रवाह अत्यन्त मनपर्ने गर्दछ । त्यसैले तपाइसँग भेट  गर्ने तिब्र इच्छा थियो , साथमा तपाइले एउटा लेख तयार गर्नको लागी म सँग ऐतिहाँसिक विषयबस्तु पनि छ त्यसैले आज यो विरानो बजारमा तपाइको कोठा खोज्दै आएको हुँ । म उसको कुरामा साह्रै गम्भीर भएर सुनीरहेको थिँए । उसले यसबखत देखी आफ्नो नरोकीने विचारहरुको प्रवाह गर्न थाल्यो , कामरेड क्रान्ति अव बोल्न थाल्यो निकै आश्चर्यलाग्दो मुद्रामा “ हेर्नुस कामरेड नेपाली राजनितीको इतिहाँस निकै गम्भीर प्रकारको छ । नेपालबाट सवै खाले जनविरोधी सामन्तीहरुको जरा उखेलेर नयाँ जनताको जनबादी राज्यसत्ता कव्जा गर्नको लागी भनेर नेपालमा कमरेड प्रचण्डको नेतृत्वमा १० बर्षे शसस्त्र जनक्रान्तिको सुरुवात भयो । नेपाली जनताहरु अन्धभक्त भएर जनवादी केन्द्रीयता लाइ सतप्रतिशत स्विकार्दै कमरेड प्रचण्डको नेतृत्वमा युद्ध निकै उत्साहपुर्वक होमीए । युद्ध लड्ने र विरोधीहरुलाइ समाप्त पार्ने कुरामा हामी कसैको पनी केही उत्साहमा कमी थिएन । कमरेड प्रचण्ड ले भन्नुभएको थियो । अवहामी छिट्टै सुन्दर विहानीमा जाँदैछौँ । हामी अव छिट्टै राज्यसत्तालाइ आफ्नो हातमा लिँदै छौँ । अव हामी साम्यबादमा पुग्ने छौँ , नेपाली सामन्तबादी राज्यसत्तालाइ ध्वँस गर्दै संसदिय कालो व्यवस्थाको जरो उखेल्दै हामी अव नयाँ युगमा प्रवेश गर्नेछौँ त्यसकारण हामी लड्न र मर्न कुनै पनी हालतमा पछाडी हट्ने छैनौँ । हामी कँहा दुइबटामात्र विकल्प खडा भएका छन ति हुन कि मृत्यु कि मुक्ति , त्यसैले कामरेड हरु हामी लडाइको मोर्चामा अत्यन्त दृढता पुर्वक लाग्ने छौँ । कमरेड प्रचण्डको यो भनाइ हामीलाइ सतप्रतिशत ठिक लाग्ने गरेको थियो । र हामीहरु पनी विना प्रवाह युद्धमोर्चामा होमिएका थियौँ । युद्ध लड्ने क्रममा मेरो एउटा हात गुम्यो , हात गुमेतापनी म क्रान्तिकोलागी यो ज्यानलाइ पनी सुम्पन तयार भएको कारणले गर्दा कुनै दुखको महशुस भएको थिएन ।

१० बर्ष सम्म युद्ध निरन्तर चलिरह्यो । जनताका सपनाहरु केही पनी पुरा भएका थिएनन , राज्यसत्ता कव्जाको लागी युद्धलाइ अझै पनी निरन्तरता दिनुपर्ने जरुरी थियो तर विदेशी ग्रायण्ड डिजाइनमा नेपालमा चलिरहेको युद्ध को अन्त्य गरियो र भारतिय भुमीमा १२ बुँदे नामक नेपाली जनतालाइ अल्मलाउने सन्धी गरियो । मलाइ त्यतिखेर देखी नेपाली क्रान्ति मा षडयन्त्र हुन थालेको महशुस हुन थालेको थियो । किनकी कम्युनिष्ट पार्टिका पुर्व महामन्त्री कमरेड मोहन बैद्य किरणलाइ जेल मा थुनेर यो सम्झौता गरिएको थियो । नेपाली जनयुद्धको संकल्प यो थियोकी अव नेपालबाट संसदिय व्यवस्थाको अन्त्य गरिने छ र जनताको राज्य सत्ता स्थापना गरिने छ । तर परिस्थिती नकारात्मक तिर गयो , संबिधान सभाको चुनाव पछाडी माओबादी नेतृत्व ले युद्ध व्यक्त गरेका प्रतिबद्धताहरु प्रति भुल प्रकट गर्दै गयो । जनताका सवै मागहरु र आदेशहरुलाइ धुलोमाटोमा नेतृत्वले मिलाउँदैं गयो , परिस्थिती बस डाक्टर बाबुराम भट्टराइ प्रधान मन्त्री बनिसकेपछि पार्टि एकाएक संसदिय पोखरी मा दुव्न पुग्यो , विस्तारबादी , साम्राज्यबादीहरु सँग साँठगाँठ गर्न पुग्यो । विदेशी सँग राष्ट्रघाती सन्धी गर्नु , कव्जा जग्गाहरु फिर्ता गर्नु , मजदुरहरुलाइ आन्दोलन गर्न बाट बञ्चित गर्नु , जनमुक्ति सेनालाइ विसर्जन गर्नु , एमाले काँग्रेस लगायतका प्रतिक्रियाबादी हरु सँग सम्झौता गर्नू र अन्तत सँबिधान सभाको नै हत्या गर्नु आदी आदी थुप्रै प्रकारका गम्भीर त्रुटि माओबादी नेतृत्वले गर्न पुग्यो । हुँदा हुँदा प्रचण्ड बाबुराम माओबादी पार्टिभित्रै नव संसोधनबादी र सामन्तको रुपमा उदाए । पार्टि भित्रै एउटा पुँजीपति बर्ग को स्थापना भयो भने अर्काे सर्वहारा वर्ग । हामी पुँजीपति , दलाल , सामन्तहरुको विरुद्धमा युद्धमोर्चामा होमीएका हरु एउटै पार्टिभित्र पुँजीपतिहरु सँग काँध मा काँध मिलाएर बस्न सक्ने अवस्था रहेन , त्यसकारण कमरेड किरण को नेतृत्वमा नेपालमा क्रान्तिकारी पार्टिको पुर्नगठन भयो । कामरेड आज त मलाइ लागीरहेको छ प्रचण्ड बाबुराम मान्छे हुन? आज यही प्रश्न मेरो मन भित्र उव्जिरहेको छ ।

के संसदिय आहालमा दुव्न कै लागी प्रचण्ड ले १५ हजारलाइ मर्न पठाएका हुन ? आज हामी सडकमा भोकभोकै रुँदै हिँड्न परिरहेको छ , उनीहरु भने १५ हजारको रगतमा होली खेलेर आज सरकार र दरवारमा रमाइरहेका छन । मान्छे सँग भावना हुन्छ , मन हुन्छ , दिमाग हुन्छ , मानविय नैतिकता हुन्छ , आज टाउको भित्र गोली पसेका युद्धमोर्चाका घाँइतेहरु , वेपत्ताहरु , वेवारिसे भएकाहरु लाइ देख्दा हामी आफै रुन पुग्छौँ तर ति सामन्त प्रचण्ड बाबुरामको मन किन रुँदैन ? किन उनीहरु क्रान्तिलाइ सिद्धाउन चाहन्छन ? केही नभएपनी मानविय नैतिकता को नाताले पनी ति शहिदहरुप्रति , ति घाइतेहरुप्रति , ति जनमुक्ति सेनाहरुप्रति प्रचण्डबाबुरामको सहानुभुति हुनू पथ्र्याे । तर उनीहरुले जनमुक्ति सेनालाइ भिखारी बनाएर प्रतिक्रियाबादीहरुको हातमा सुम्पे ,हिँजो जनयुद्ध कालमा उठाइएका मागहरु एउटा पनि आज पुरा भएका छैनन , यो देश अझै पनी अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको छ । आज प्रचण्ड बाबुराम भन्दै छन नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसक्यो । उनीहरुको यही कुरा सुनेर म उनीहरुलाइ भन्न चाहन्छु के उनीहरु मान्छे हुन ? के मान्छे ले यस्तै पागलले जस्तै कुरा गर्छ ? परिस्थितीलाइ एक रत्ति भर पनि बुझ्न नसक्ने चेतनाविहीन पनी मान्छे हुन सक्छ ? ..................” कमरेड क्रान्ति ले ममाथी के प्रचण्ड बाबुरामहरु मान्छे हुन भनेर प्रश्नको चाङ लगायो ।

म यतिञ्जेल सम्म उसको कुरा धारा प्रवाह मा सुनीरहेको थिएँ  । एकदिन को यही काल्पनीक जस्तो लाग्ने घटना ले अहिले नेपाली राजनितीमा एउटा प्रश्न चिन्ह उत्पन्न गराएको मैले पनी महसुस गरेको छु । आज मलाइ पनी यो आश्चर्य लागीरहेको छ क्रान्तिका हत्यारा प्रचण्ड बाबुरामले किन जनबादी क्रान्तिलाइ लत्याएर समाजबाद को कुरो गरिरहेका छन । जनबादी क्रान्ति सम्पन्न भइसक्दा के यही हुनुपर्ने थियो ? जनयुद्धकालमा जनता ले भनेका सवै कुराहरु पुरा भए ? संसदिय व्यवस्थामा जानकै लागी र आफ्ना आसेपासे हरुलाइ मन्त्री बनाउन र मोजमस्ती गर्न १५ हजार मारिनुपर्ने थियो ? कमरेड क्रान्तिको विचारमा जस्तै आज म सँग पनी हजारौ यस्तै प्रश्न छन तर यो प्रश्न को उत्तर कस्ले दिने ? म अहिले नयाँ क्रान्तिकारी पार्टि नेकपा–माओबादी भित्र गोलबन्द हुन पाँउदा निकै गर्वानुभुति गरिरहेको छु किनकी मानविय चेतना गुमाइसकेका हरु सँग बसिरहनु सतप्रतिसत सही थिएन । हिँजो १० बर्षे जनक्रान्तिको नेतृत्वमा लागेका प्रचण्ड बाबुराम किन आज यति तल सम्म गिर्दै गइराखेका छन ? संसदिय पोखरीमा रगतको पानीमाथी पौडी खेल्ने प्रचण्ड बाबुराम के मान्छे हुन ?यति धेरै गल्ती चेतना भएको मानिसले गर्न सक्छ ? गल्ती त एकदुइबटा मात्र हुन्छन । हो आज नेपाली जनताले यही प्रश्न गरिरहेका छन के प्रचण्ड बाबुराम मान्छे हुन ?           

0 comments: