म मुख्य मन्त्री बन्दा.....................

 

 

सोनु कुमार सुनार
    देश र जनताको हितको लागी घरपरिवार त्यागेर राजनिती मा हिँडेको पनि केही समय भइसक्यो । समाजमा रहेको धनी , अभिजात , पढेलखेका मानिसहरुले मात्रै समाजसेवा र राजनिती गर्नु पर्छ , तल्लो जात , गरिव ले राजनिती गरेको देखीयो भने त्यो ठुलाठालाको अपमान हुन्छ भन्ने परम्परा देखी स्थापित कु सोँचलाइ अस्विकार गर्दै र आफुबाट अन्त्य गर्दै आफ्नो हक र अधिकारलाइ स्थापित गर्नको लागी र नितीनिर्माण तहमा आफ्नो बर्गको पनि प्रतिनिधित्व गराउनको लागी म राजनितीक स्थान र सहभागीताको लागी संघर्ष गरिरहेको छु । समग्र विश्व राजनिती लाइ अहिलेनै बुझ्न नसके पनि नेपाली राजनितीको बारेमा हल्का फुल्का विश्लेषण गर्ने काम म गरिरहन्छु । नेपाली राजनितीको बारेमा विश्लेषण गर्दै गर्दा एकदिन म अलि गम्भीर हुन्छु । अहिलेकै नेपाली राजनितीका कुकृत्यहरु बाँकी रहीरहे भोली राजनिती गर्ने र नितीनिर्माण तहमा पुग्ने युवाहरुको भविष्य के हुन्छ ? यसै विषयमा मेरो एकदिनको सोँचाइ  यस्तो छ । ‘‘नेपाली राजनितीको इतिहाँसमा जनताको पसिना मा मोज मस्ती गर्नेहरु र रमाउने हरुको विरुद्धमा विभिन्न कालखण्डमा नेपाली जनताहरु विभिन्न राजनितीक पार्टि हरु मार्फत आन्दोलित भइराखे । राणा शासन काल देखी शाही काल हुँदै अहिले सम्म का आन्दोलन र संघर्षहरुमा नेपाली जनताले थुप्रै वलिदान हरु गरिसकेका छन । वलिदान सँगै नेपाली जनता ले अहिले सम्म थुप्रै राजनितीक पार्टि हरुलाइ सहयोग गर्दै आइरहेका छन । तर हिँजो देखी नेपाली राजनितीक पार्टि को इतिहाँस हेर्ने हो भने जुनसुकै राजनितीक पार्टि पनि कालान्तरमा जनताकै दुश्मन सँग सहकार्य र जनतालाइ धोका दिने काम भइरहेको छ । यसरी हेर्दा नेपालका राजनितीक पार्टि हरु नयाँ शासक , नयाँ सामन्त र नयाँ जनविरोधी शक्तिको रुपमा अहिले सम्म विकसित हुँदै गइरहेको देखीन्छ । राणा लाइ पछार्नको लागी नेपाली कांग्रेस ले संघर्ष गर्दा उसको उद्देश्य आफु र आफ्ना आसेपासे हरु राणा जस्तै सत्तामा पुग्नु र मोजमस्ती त्यसैगरी सुखसयलको जिवन विताउने र जनतालाइ अनेकौ बाहानामा थियो । त्यो उद्देश्य त्यतिखेर नै पुरा भएन । राणा शासनको अन्त्य पश्चात नेपाली राजनितीमा शाह हरुको शासन स्थापित भयो । नेपाली कांग्रेस ले त्यँहा पनि आफ्नो स्थान को लागी राजा सँगको सहकार्य लाइ अगाडी बढायो । त्यँहा पनी नेपाली कांग्रेस सन्तुष्ट थिएन । शाह हरुले नेपाली जनतामाथी गरिरहेको तिव्र दमनको कारण ले नेपाली जनताहरु निकै आक्राषित भएका थिए । नेपाली काँग्रेस ले जनताको साथ लिएर राजाहरु विरुद्ध कडा संघर्षमा उत्रने साहस गरेन र सकेन पनी कीनकी नेपाली जनताले कांग्रेसलाइ विश्वास गर्न छाडीसकेका थिए । राणा शासन को अन्त्य हुने काल देखी नै नेपालमा पनि भित्र भित्रै कम्युनिष्टहरु पनी विकसित हुँदै गइरहका थिए । र शाहकालमा नेपाली कांग्रेस राजाकै नोकर र पुच्छर बनेपछि जनताका साथ लिएर कम्युनिष्ट पार्टि अगाडी आयो । थुप्रै टुक्राहरुमा रहेका कम्युनिष्टहरुले जनधिकारको लागी आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेका थिए । विभिन्न खाले आन्दोलन मा सहभागी कम्युनिष्ट पार्टिहरु मध्य ने.क.पा माओबादी ले नेपाली सामन्तबादको अन्त्यको लागी नेपाली जनताको साथमा नेपाली जनक्रान्तिको गौरवपुर्ण सुरुवात गर्यो । नेपाली जनताले अव यसवबाट पक्कै पनी नेपाली जनताको मुक्ति संभव छ र जनजीवन सुधार हुने कुरा पनी पक्का पक्की छ भन्ने कुरा सोँचेका थिए । अत्यधिक नेपाली जनताको साथले गर्दा नेपालमा सशस्त्र क्रान्ति पुरा भयो । र नेपाली सामन्तबादले नेपाली जनताको सामु घुँडा टेक्यो । नेपाली सामन्तबाद लाइ धुलो खुवाउन सफल भएको कारण नेपाली जनताको पार्टि ने.क.पा माओबादी नै हो भन्ने कुरा जनताले बुझे । त्यो परिणाम संबिधान सभाको निर्वाचन पछाडी देखीयो । जनताका अधिकारहरुलाइ जनताकै जनादेश अनुसार संबिधान मा लेख्नकोलागी भनेर नेपाली जनताले माओबादी लाइ सवैभन्दा ठुलो राजनितीक पार्टिको रुपमा माथि पठायो । तर नेपाली जनताको आशा अपेक्षामाथी एक्कासी तुसारापात भयो । राजाहरु सँगको सहकार्यमा जसरी कांग्रेस एमाले ले क्रियाकलाप गरेर नेपाली जनतालाइ धोका दिएका थिए । ठिक त्यसैगरी आज माओबादी नेतृत्व ले पनी सामन्तबादी एवं यथास्थितीबादी एमाले कांग्रेस सँग सहकार्य गरेर नेपाली जनताको अधिकार लाइ रद्दीको टोकरी मा विसर्जन गरेको छ । हिँजो राजा , राणा, कांग्रेस , एमाले जसो गरेका थिए ठिक त्यसैगरी आज माओबादीका प्रचण्ड बाबुराम हरु गरिरहेका छन । राजा , राणाहरु जे भएपनि राष्ट्रियताको सवालमा सचेत थिए । उनीहरुले आफ्नो स्वाधिनतालाइ राम्रो सँग ख्याल गर्थे तर प्रचण्ड बाबुरामहरुले त आज देशलाइ नै भारतिय विस्तारबादको हातमा सुम्पिदिए । भारतिय विस्तारबादको विरुद्ध लाग्न निर्देशन गर्ने प्रचण्ड आज नेपालको राजनितीक दलहरुको वैठकमा भारतिय राजदुत लाइ पनी भारतिय प्रतिनिधीको रुपमा बोलाउने गर्दछन यो कँहा सम्मको लाचारीपना हो ?नेपाली राजनितीमा पहिले जनताको सामु लोकप्रीय नारा लगाउने र पछि गद्धारी गर्ने सँस्कारको निरन्तरता प्रचण्ड बाबुरामले पनि दिए । प्रचण्ड ले हिँजो सवै जातजातीहरुलाइ थुप्रै सपना हरु बाँडेका थिए । उनीहरुलाइ राज्य दिन्छु भनेका थिए , अधिकार दिन्छु अनी के के हो के के दिन्छु भनेका थिए । तर आज त्यो कुरा गरेर उनले १३हजार लाइ अनाहकमा मर्न पनी बाध्य बनाए । प्रचण्डकै कारणले आज देशमा दंगाफसाद भइरहेको  छ ।आज थुप्रै जातजातीहरु आफ्नो राज्य मागीरहेका छन प्रचण्डलाइ । हिँजो दिएको आश्वासनको उत्तर मागीरहेका छन । उनले नेपाललाइ सिंगापुर बनाउँछु भनेका थिए । खोइ सिंगापुर ? खोइ जनजातीलाइ अधिकार ? खोइ दलीतलाइ अधिकार? खोइ सुकुम्बासीलाइ जग्गा ? सुकुम्बासीको प्रसंगमा एउटा कुरा याद आइहाल्यो  हिँजो सुकुम्बासीलाइ जग्गा दिन्छु भन्ने प्रचण्डबाबुरामले आज बाग्मती किनारमा रहेका सुकुम्बासीहरुलाइ रुवाउँदै उनीहरुको बास भत्काइदिए । प्रचण्ड ले हिँजो भनेका कुरा र आज उनले गरीरहको गतिविधीको विचमा कति अन्तविरोध छ त्यो तपाइ आफै विश्लेषण गर्नुहोस । कं माओले भन्नुभएको थियो । सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनी हुँदैन, तर प्रचण्डले जनमुक्ति सेनालाइ लज्जास्पद तरिकाले विघटन गरेर सिद्धाइदिए । उनले कताकता भाषणमा भने रे नेपालमा जनबादी क्रान्ति पुरा भयो अव समाजबादी क्रान्ति गर्नु पर्छ । नेपाली जनताहरु ले अहिले प्रश्न गरिरहेका छन । प्रचण्ड सज्जन हो की पागल हो ? आज देशमा उनी हिँजो जनविरोधी भनिएका हरु सँग सहकार्य गर्दै आफ्नो वर्ग र विचार लाइ लत्ताउँदै हिँडिरहेका छन । उनी अव माक्र्सबादी , लेनीनबादी , माओबादी होइनन अव उनी पुँजीबादी सामन्तबादी मा परिणत भएका छन । नेपाली जनताले सवैभन्दा विश्वास गरेका नेपाली क्रान्तिका नायक भनीएका प्रचण्ड आज गद्धारमा रुपान्तरण भएका छन । यति लामो राजनितीक इतिहाँसलाइ मुल्यांकन गर्दा हामी समग्रमा के बुझ्दछौँ भने मानिस शक्तिमा पुगेपछि वर्गलाइ विर्सेर अर्काे बर्गमा रुपान्तरण हुन्छ र त्यसैको विरुद्धमा फेरी अर्काेले संघर्ष गर्नुपर्ने हुन्छ । आज देशमा एमाले , कांग्रेस र माओबादी प्रचण्ड आसेपासेहरुको विरुद्धमा फेरी एउटा क्रान्तिकारी समुह आन्दोलनमा उत्रिएको छ । उसले आज देशव्यापी रुपमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरको छ । प्रचण्डको आत्मसमर्पणबादी कदमको विरुद्धमा कडा भन्दा कडा आन्दोलन का कार्यक्रमहरु अगाडी सारेको छ । पहिला जनताको पक्षमा नारा लगाउने अनी पछि गएर धोका दिने वा जनादेश विर्सने प्रवृती नेपाली राजनितीमा कायम रहेर के नेपाल रहीरहन सक्छ ? के यो नेपाली जनता लाइ मान्य हुन्छ?पक्कै पनी यो नेपाली जनतालाइ मान्य हुँदैन र हामी युवाहरुलाइ पनी हूँदैन । त्यसकारण झुठा आश्वासन दिने र जनताको जनादेश भन्दा बाहीर जाने हरुलाइ जनकार्वाही गर्नको लागी युवा राजनितीकर्ताहरु अव उठ्नु जरुरी छ । फोहोरी राजनितीको विरुद्ध मा विशाल जनमत सिर्जना गरिनु जरुरी छ । हामीले हाम्रो गाँउ घर , समाज , जिल्ला , प्रान्त हुँदै फोहोरी राजनितीको विरुद्धमा अभियान चलाउनु जरुरी छ । अव हरेक सफल युवा नेताहरुले सवैले नयाँ राजनितीक संस्कारको विकास गर्न अगाडी बढ्नु पर्छ । राजनिती गर्ने हामी सवै युवा नेताहरु ले छातीमा हात राखेर जनताको कसम खानु पर्दछ र भन्नु पर्दछ ,यो फोहोरी राजनिती पुर्ण रुपमा अन्त्य गरी नयाँ संस्कार सहितको राजनिती लाइ स्थापित गर्छाैँ । क्षमताको दृष्टि ले युवा जुनसुकै तहमा पनी रहन सक्छ त्यो आफ्नो ठाँउमा छ । तर देश भरीका युवा राजनितिज्ञ हरुले आफ्नो संघिय प्रान्त लाइ ख्याल गरी अव भन्नु पर्ने वेला आएको छ ,  यो पुरानो जनविरोधी राजनितीक सँस्कार को पुर्ण रुपमा अन्त्य गर्नेछु मैले म मेरो राज्यको मुख्य मन्त्री बन्दा.........................’’
                                                                                                                                                                                     
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य (१)



मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति 'कम्युनिष्ट घोषणापत्र'ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई 'जनता', 'न्याय' र 'अधिकार' जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।
सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।
पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।
अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो 'शान्तिपूर्ण' चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि 'शान्तिपूर्ण' तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।
इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक "सामाजिक शान्ति" (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र "सहानुभूतिकर्ता" बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले "सामाजिक शान्ति" र "जनवाद"अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको "विपरीत प्रतिछाँया"को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता "सभ्य" हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।
८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।
एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को 'शान्तिपूर्ण' युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो "कट्टर" बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो "सामाजिक शान्ति" ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।
मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।

0 comments: